काठमाडौं । शितल शर्मा गायनमा र उद्घोषणमा समेत सफल र स्थापित नाम हो । उनी पछिल्लो समयमा कलाकारितामा कम राजनीतिमा बढी
सक्रिय छिन् ।
शितलले राजनीतिमा चालेको सकारात्मक सक्रियताको प्रतिफलस्वरुप आगामी मंसीर ४ गते हुने प्रदेश सभा निर्वाचनमा समानुपातिक उम्मेदवारको लागि सिफारिस भएकी छिन् ।
बाग्लुङ प्रदेश २ ‘ख’ बाट नेपाली काँग्रेसको तर्फबाट समानुपातिक उम्मेदवार को लागि सिफारिस भएकी छन् ।
नेपाली कांग्रेस बागलुङ जिल्ला सदस्य समेत रहेकी छिन् । शितलले विभिन्न संघ संस्थामा आवद्व रहेर सामाजिक कार्य गर्दै आइरहेकी छन् ।
आफुलाई योग्य देखेर पार्टीले मुल्यांकन गरेकोमा खुसी व्यक्त गर्दै विजयी भएपनि नभएपनि निरन्तर बाग्लुङको सुखदुखमा संगै रहने, जनताकै सेवामा लाग्ने शितलले बताइन् ।
पानीजहाज, महारानी, शितलु लगायतका गीतहरु र स्टेजशोबाट प्रशस्तै फ्यान कमाएकी शितललाई राजनीतिमा पनि सफलता मिलोस्, आगामी निर्वाचनमा विजयी बनुन् – शुभकामना ।