काठमाडौं । आगामी फागुन १९ गतेबाट रिलिज हुने फिल्म ‘छड्के २’को एउटा गीतमा चर्चित र्यापर भिटेनले स्वर दिएका छन्। बुधबार काठमाडौंको एक स्टुडियोमा रेकर्ड गरिएको फिल्मको गीतमा भिटेनको स्वर छ।
यो गीतको शब्द रचना तथा संगीत पनि भिटेन स्वयम्ले तयार पारेका हुन्। कथा सुहाउँदो भएकै कारण आफूहरूले भिटेनको गीत फिल्ममा समावेश गरेको निर्माता प्रशान्त गिरीले बताए।
फिल्ममा अभिनेता अनमोल केसीको मुख्य भुमिका छ। ग्याङस्टर जनरामा निर्माण भएको फिल्ममा अनमोलको भिन्न लुक्स देख्न सकिन्छ। निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएकको फिल्मा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर मुख्य भूमिकामा छन्।
फिल्मलाई चितवन र मुस्ताङमा छायाङ्कन गरिएको छ। काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मसँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन्।
निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका फिल्मको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्लेको छ ।