कलाकारत्रय सीता, कृष्ण र मदनलाई पितृशोक

म्यूजिक खबर
प्रकाशित: ३० पुष २०७९, शनिबार

काठामाडौं । गायिका सीता केसी तथा गायक एवं एरेन्जरद्वय कृष्ण केसी र मदन केसीलाई पितृशोक परेको छ । केसीका पिता प्रेमबहादुर केसीको ६२ वर्षको उमेरमा हिजो निधन भएको हो ।

उनको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो । १३ दिने संस्कार भने मनमैजु स्थित गुम्बामा भइरहेको छ । उनका २ छोरा र २ छोरी छन् । प्रेमकी श्रीमतीको यसअघि नै निधन भइसकेको छ । स्वर्गीय केसीको स्वरमा रेकर्ड भएको गीत सार्वजनिक हुने क्रममा छ ।

कलाकार कृष्ण केसी, मदन केसी र सिता केसीका पिताको निधनप्रति प्रतिष्ठानका अध्यक्ष रमेश बीजीलगायत विभिन्न संघसंस्थाले दुःख व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु