चौथो ओएस नेपाल म्युजिक अवार्डको आवेदन खुल्ला

म्यूजिक खबर
प्रकाशित: ३ चैत्र २०७९, शुक्रबार

काठमाडौँ । सांगीतिक स्रष्टाहररूलाई सम्मान र प्रोत्साहन स्वरूप चौथो ‘ओएसनेपाल म्यूजिक अवार्ड २०८०’ को आवेदन खुल्ला गरिएको छ ।

नेपाली गीत, संगीत हाम्रो उच्च सम्मान भन्ने मूल नारा सहित आयोजना गरिएको यस अर्वाडमा ६१ विद्या रहने छन् । जसमा सहभागिता जनाउन देश विदेशबाट सजिलै फारम भर्न सकिनेछ । अवार्डमा भागलिंदा २०७८ बैशाख २ गतेदेखि २०८० वैशाख २ गतेभित्र बजारमा आएका गीत, संगीत हुनुपर्नेछ । एप्लिकेसन पाट्नर नेपालको पहिलो कमिनिटी एप्लिकेसन नेपाली पात्रोसँगको हुनेछ ।

अवार्ड र फारम सम्बन्धी थप जानकारीका लागि ९८४९२८११८८ नम्बर वा ओएस नेपालको कार्यालयमा सम्पर्क गर्न सकिनेछ । फारम भर्नु अघि यि शर्तहररूलाई भने मुख्य रूपमा पालना गर्नुपर्नेछ । अवार्डमा निर्णायक र जुरीको निर्णय नै अन्तिम हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु