गुरुदेब कामतको एकल गायनमा ‘सुरम्य सन्ध्या’ २५ औं श्रृंखला सम्पन्न

म्यूजिक खबर
प्रकाशित: ६ चैत्र २०७९, सोमबार

काठमाडौं । लामो सययदेखि शास्त्रीय सङ्गीतको बगैंचालाई सिंचित गरिरहेका साधक एवं गायक हुन् गुरुदेव कामत । उनै साधक गुरुदेव कामतको एकल गायनमा ‘सुरम्य सन्ध्या’ कार्यक्रम सम्पन्न भएको छ ।
शास्त्रीय तथा आधुनिक सङ्गीतको प्रवद्धन गर्ने उदेश्यले स्थापित गुरुदेव कामत सङ्गीत फाउण्डेशनको आयोजनामा शनिबार सम्पन्न भएको हो ।
सुरम्य सन्ध्याको २५ औं श्रृंखलामा प्रस्तुति दिंदै दर्शकलाई मन्त्रमुग्ध तुल्याए ।
वरिष्ठ गायक कामदले कार्यक्रममा ख्याल ठुमरी हिन्दी, नेपाली र मैथली भाषाका १ दर्जन भन्दा सङ्गीत प्रस्तुत गरेका थिए ।
राग मधुमन्दीबाट शुरु भएको सुरम्य सन्ध्यामा कामतले मैथली, नेपाली र हिन्दी भाषाका गीत गाएका थिए ।
६७ वर्षिय गायक कामतले शास्त्रीयका साथै आफैंले संयोजन गरेका गीत समेत प्रस्तुत गरेका थिए ।
सुरम्य सन्ध्यामा बोल्दै गुरुदेव कामतले सङ्गित क्षेत्रमा आउने नयाँ पिढिले शास्त्रीय सङ्गीत सिकेर आउन अनुरोध गरे ।
कार्यक्रममा बरिष्ठ सङ्गीत साधक संवैधानिक आयोगका पदाधिकारीलगायत गजल प्रेमिको उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु