• चर्चामा ‘दुर्गा नाच्छे बिच्च बिच्चमा’, ट्रेण्डिङमा भिडियो

    म्यूजिक खबर
    प्रकाशित: १७ भाद्र २०८०, आईतवार

    काठमाडौँ । हरेक वर्षको तीजमा गायक तथा मोडल दुर्गेश थापाले तीज कोशेली पस्किने गरेका छन् । र ती गीतहरु चर्चा कमाउँछन् पनि । यो पटकको तीजलाई लक्षित गर्दै नयाँ गीत सार्वजनिक गरेका छन् ।

    यो पटक उनको चर्चाको विषयमा दुर्गेश होइन, दुर्गा नाच्छे बिच्च बिच्चमा भन्ने भएको छ । आफ्नो सुपर हिट गीत ‘बिच्च बिच्चमा’ को छैटौँ शृङ्खलाको रूपमा उनले ‘दुर्गा नाच्छे बिच्च बिच्चमा’ ल्याएका हुन् ।

    ट्रान्सजेन्ड रहरुलई समर्पित गरेको गीतमा नयाँ प्रयोग गरेर चर्चा बटुलेका छन् । गीतले चर्चासँगसँगै भ्यूज पनि उल्लेखनिय प्राप्त गरेको छ । यो समाचार तयार पारिरहँदा सवा तीन लाख बढी भ्यूज प्राप्त गरेको छ भने युट्युवको पाँचौं स्थानमा पर्न सफल भएको छ ।
    गीतमा शब्द तथा सङ्गीत दुर्गेशकै रहेको छ । सुमित्रा कोइरालाको साथमा स्यमं दुर्गेशको समेत स्वर सुन्न सकिन्छ । साहस शाक्यले संगीत संयोजन गरेको गीतलाई मिक्सिङ तथा मास्टरिङ भने चन्द्र चौधरीले गरेका हुन् ।

    गीतको भिडियोमा दुर्गेश तेस्रो लिंगीको रूपमा देखिएका छन् भने उनले महिलाको पहिरन उफ्री उफ्री नाचेका छन् ।

    भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् । नवराज उप्रेती र बिगेश श्रेष्ठको छायाङ्कन रहेको भिडियोमा मनोज कार्कीको सम्पादन छ ।

    दुर्गेशले सन् २०१९ मा ल्याएको ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा’ गीतबाट चर्चा कमाएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु