काठमाडौं । लोकप्रिय गायक स्वरूपराज आचार्य स्वरमा रहेको ‘तक्दिर’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा शब्द गीतकार गोपाल लोहार रहेको छ भने पुष्प गजमेरको संगीत र संगीत संयोजन रहेको छ।
म्युजिक भिडियोमा बिराज बाँस्कोटा, एलिना थपलिया, सोमनाथ पौडेल, गोपाल भट्टराई र भावाना रिजालको अभिनय रहेको छ।
तिलक रिजालको छायाँकन, सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियोको निर्मात्री भीमा लोहार हुन्। ‘गोलो प्रडक्शन’ नामक युट्युव च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक भएको हो।