• सांस्कृतिक र खेल प्रतियोगितालाई जोड्दै ‘तेस्रो जैमिनी महोत्सव’ भव्य रुपमा सम्पन्न

    म्यूजिक खबर
    प्रकाशित: ७ माघ २०८०, आईतवार

    कृष्ण हमाल, जैमिनी बागलुङ । तेस्रो जैमिनी महोत्सव- २०८० भव्यरुपमा सम्पन्न भएको छ । २९ पुस देखि माघ ५ सम्म जैमिनी नगरपालिकाको सदरमुकाम कुश्मी शेरामा महोत्सव सम्पन्न भएको हो । सहारा क्लब कुस्मी शेराका अध्यक्ष सुरेश सुनुवार सभापतित्वमा भएको उक्त महोत्सवमा गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथि रहेका थिए ।

    तेस्रो जैमिनि महोत्सव २०८० को अबसरमा २९ पुस देखि ५ माघसम्म नेपालका चर्चित गायक गायिकाहरु तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियोे ।
    कार्यक्रम संचालन चर्चित गायक कृष्ण अखेली र चर्चित गायक डिल्ली पौडेलले संयुक्त रूपमा गरेका थिए ।

    जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै जैमुनी नगरपालिकाका मागहरुलाई प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुखमाननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गरेका थिए ।

    सहारा क्लबका अध्यक्ष सुरेस सुनुवारले आगमि दिनमा बिबिध राहत तथा सामाजिक सेवाका कार्यक्रम सहित आउने र महोत्सबलाइ सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । कार्यक्रमको समापनको दिन सहयोगी लगायत बिजेताहरुलाई सम्मान पत्र र मेडल सहित सम्मान गरिएको थियो ।

    साथै महोत्सवमा खेल प्रतियोगिताको आयोजना गरिएको थियो । धौलागिरि अन्चल स्तरिय पुरुष डबल ब्याड्मिन्टन प्रतियोगिता बि लेभल, वार्ड स्तरिय पुरुष भलिबल प्रतियोगिता, नौमति बाजा प्रतियोगिता, हाजिरि जवाफ प्रतियोगिता, जैमिनि डान्स आइडल, मैत्रीपुर्ण भलिबल प्रतियोगिता, मैत्रीपुण रसाकसि प्रतियोगिता भएका थिए ।

    तेश्रो जैमिनी महोत्सव भलिबल प्रतियोगिता प्रतियोगितको उपाधि जैमिनी न पा ९ पैयु थन्थापले चुम्न सफल भयो ।

    प्रतियोगितात्मक कार्यक्रममा विजयी हुन सफल सम्पुर्ण टिम तथा खेलाडीहरुको नामावली यसप्रकार रहेको छ ।

    वार्ड स्तरिय पुरुष भलिबल प्रतियोगिता
    १ बिजेता: जैमिनि ९ पैयु
    २उप बिजेता: जैमिनि ६ अर्जेवा
    ३ सेमिफाइनल उप बिजेता: जैमिनि ८ छिस्ति
    ४ सेमिफाइनल उप बिजेता: जैमिनि ५ बिनामारे साइनिङ स्टार

    धौलागिरि अन्चल स्तरिय पुरुष डबल ब्याड्मिन्टन प्रतियोगिता बि लेभल
    १ बिजेता: बेनि- रामचन्द्र खत्री / सन्दिप अधिकारि
    २ उप बिजेता: सेरा- बिस्नु रिजाल / बिजय थापा
    सेमिफाइनल
    १ उप बिजेता: मालिका- राज मगर / निशान गुरुङ
    २ सेमिफाइनल उप बिजेता: सेरा- सुजन श्रीस / खुमराज शर्मा

    नौमति बाजा प्रतियोगिता
    १ प्रथम भाडडाडा बाजा समुह जैमिनि ३ २दोस्रो मजुवा बाजा समुह जैमिनि २
    ३तेस्रो कालुङ्खोला बाजा समुह जैमिनि ९

    हाजिरि जवाफ प्रतियोगिता
    १प्रथम श्री जनता मा बि जैमिनि ४ सर्कुवा
    २दोस्रो श्री सर्बोदय जनक मा बि जैमिनि ५ बिनामारे
    ३तेस्रो श्री सुन्तलाचौर मा बि जैमिनि २ दमेक

    जैमिनि डान्स आइडल

    १प्रथम स्रीस्टि थापा
    २ दोस्रो मयुर क्षेत्री
    ३ तेस्रो कल्पना थापा

    मैत्रीपुर्ण भलिबल प्रतियोगिता

    १ प्रथम जैमिनि नगरपालिका जनप्रतिनिधि टिम

    २ दोस्रो जैमिनि नगरपालिका कर्मचारी टिम
    ३ तेस्रो : शिक्षक टिम

    मैत्रीपुण रसाकसि प्रतियोगिता
    १ प्रथम मेलमिलाप समुह जैमिनि १
    २ दोस्रो IME टोल समुह
    ३ तेस्रो श्री हिमालयन आ मा बि

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु