काठमाडौं । सेलीब्रेटीका ज्योतिषका रुपमा परिचित ज्योतिष नवराज भट्ट (भट्ट गुरु)लाई भारतमा गोल्डमेडल र एक्सलेन्सी अवार्ड मिलेको छ । सेन्टर अफ एस्ट्रोलोजिकल स्टडी एण्ड रिसर्च फर पब्लिक वेलफेयर र एसियन एस्ट्रोलोजिकल कांग्रेस (१९८५) हेडक्वाटर ढाका, एस्ट्रोलोजिकल रिसर्च अफ कृष्णमुर्ति पद्धती, अगारतला त्रिपुराको आयोजनामा भारतको झारखण्ड राज्य अन्तर्गत जमसेदपुरमा भएको ३१ औं एसियन एस्ट्रोलोजर्स कन्फ्रेन्समा नेपालका ज्योतिष भट्ट गुरुले गोल्डमेडल प्राप्त गरेका हुन् । भारतका पूर्वमन्त्री आलोक रन्जनको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा उनलाई गोल्डमेडल एवं प्रमाणपत्रद्वारा सम्मानित गरिएको थियो । उनीसँगै ज्योतिष पद्मा झालाई भट्टोतपाल अवार्ड र ज्योतिष कुवेर धनराजलाई भृगुऋषि अवार्ड प्रदान गरिएको थियो ।
त्यसैगरी भारतको कोलकत्तामा आयोजना भएको एस्ट्रोलोजी कन्फ्रेन्समा एक्सलेन्सी अवार्ड प्राप्त भएको छ । साउथ कोलकोत्ता एस्ट्रोलोजी एण्ड वास्तु विज्ञान एकेडेमीले आयोजना गरेको एस्ट्रोलोजी कन्फ्रेन्स कोलकोत्तामा स्काव्सा इन्टरनेशनल एस्ट्रोलोजिकल एक्सलेन्ज अवार्ड २०२४ मिलेको हो । विभिन्न देशका ज्योतिषहरु सहभागी रहेको उक्त कन्फ्रेन्समा नेपालको तर्फबाट ज्योतिष भट्ट गुरुले अवार्ड चुम्न सफल भएका हुन् ।