• आगलागीबाट ‘गण्डकी दोहोरी साँझ’ जलेर खरानी, २ करोड बराबर क्षति

    म्यूजिक खबर
    प्रकाशित: ७ असार २०८१, बिहीबार

    काठमाडौं । दोहोरी साँझहरुको भीडमा लोकप्रिय दोहोरी साँझ हो ‘गण्डकी दोहोरी साँझ’ । लामो समयदेखी सञ्चालनमा रही थुप्रै कलाकार समेत उत्पादन गरिसकेको उक्त दोहोरी साँझ यतिबेला खरानीमा परिणत भएको छ । काठमाडौंको धुम्बाराहीमा अवस्थित दोहोरी साँझमा भएका धनसम्पती, कागजपत्र, मालसामान र अन्नपात जलेर खरानी भएको हो ।

    गत सोमबार राती करिब ३ बजे होटलमा अकस्मात आगलागी भएको हो । आगलागीबाट भौतिक संरचना, कच्चापदार्थ, मेसिनरी चिज, पेय तथा खाद्यपदार्थ सबै जलेकोले पूर्णतः क्षति भएको छ ।
    दोहोरी साँझकी सञ्चालक गायिका सरिता अधिकारीले आगलागीबाट दोहोरी साँझ ‘शून्यभन्दा पनि माइनस’तिर गएको बताइन् । जलेको व्यवस्थापन गर्न समेत भेउ पाएको छैन, मन सम्हाल्न सकेको छैन । दोहोरी साँझ जलेर नष्ट भएपछि करिब २ करोडको क्षती पुगेको अनुमान गरिएको छ ।

    आगलागी भएको सुरुमा बाटो हिंड्नेले देखेका थिए, सरिता भन्छिन्– हामी २ बजे तिर यहाँबाट घर गयौं । करिब ३ बजे तिर बाटो हिंड्नेहरुले यहाँबाट धुँवाको मुस्लो देखेपछि पुलिसलाई जानकारी गराउनु भएछ । त्यसपछि आगो नियन्त्रणमा ल्याउने प्रयास गरिरहँदा, एक जनाले लाइभ पनि गर्नु भएछ । सरिता अझ अगाडि भन्छिन् –उक्त लाइभ भिडियो हाम्रो पुरानो स्टाफ गायक दिपेश लामाले हेर्नुभएछ । त्यस्तै ५ बजेतिर हुनुपर्छ उहाँले कल गरेर भनेपछि बल्ल हामीले पनि थाहा पायौँ ।

    प्रत्यक्षदर्शीका अनुसार आगो देखेको केही बेरमै फैलिएको थियो । फ्रिजको मल्पिप्लग सट भएर आगलागी सुरु भएको अनुमान गरिएको छ । जलेर नष्ट भएपनि मानविय क्षती भएन यसमै मन बुझाउनु परेको छ भक्कानिंदै सरिताले म्यूजिक खबरलाई भनिन् ।
    अहिलेका चर्चित लोकगायक–गायिका शिव परियार, देबी घर्ती, पशुपति शर्मा, चन्दा अर्याल, कमल गाउँले, शान्ति भण्डारी, रिता थापा मगर भगिरथ चलाउने, दिनेश थापा, सुनिला गुरुङ लगायतकाको पृष्ठभूमि पनि यहि ‘गण्डकी दोहोरी साँझ’ नै हो । कलाकारितामा स्थापित भइसकेका र नयाँ थुप्रै कलाकार अझै पनि दाहोरी साँझमै निर्भर रहेका थिए ।

    कुराकानी क्रममा चाँडै सबै कृुरालाई व्यवस्थापन गर्दै ‘गण्डकी दोहोरी साँझ’ नै सञ्चालनमा ल्याउने समेत सरिताले बताइन् ।

    विगत २६ वर्ष अघि देखि सञ्चालनमा आएको उक्ता दोहोरी साँझलाई गायिका सरिता अधिकारी र व्यवसायी नबिन लामाले १६ वर्ष अघिदेखि सञ्चालन गर्दै आएका थिए । वर्षौंसम्म कमलादीमा सञ्चालन हुँदै आएको थियो । कोरोना महामारीको लकडाउन पश्चात दरबारमार्गबाट धुम्बाराहीमा स्थानान्तरण भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु