• भुवन प्यासी र मेलिना राईको ‘इंगेजमेन्ट’

    म्यूजिक खबर
    प्रकाशित: २८ भाद्र २०८१, शुक्रबार

    काठमाडौं । गायक भुवन प्यासीको ‘इन्गेजमेन्ट’ सार्वजनिक भएको छ । गायक भुवन प्यासी र मेलिना राईको स्वर रहेको ‘इन्गेजमेन्ट’ रोमान्टिक गीत हो । ‘इन्गेजमेन्ट’ शब्द तथा संगीत गायक प्यासीकै रहेको छ भने गणेश चौधरीको संगीत संयोजन रहेको छ ।
    ‘इन्गेजमेन्ट’को म्यूजिक भिडियोमा देव महतो, मिस पवि, कोसिष क्षेत्री, निकिता परियारलगायतले अभिनय गरेका छन् । रविन्द्र बरालको छायाँकन रहेको भडियोलाई श्रीजन बरालले निर्देशन गरेका हुन् । भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । ‘इन्गेजमेन्ट’ गीतको भिडियो गायक प्यासीको आफ्नै अफिसिल च्यानलबाट सार्वजनिक गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु