• गायिका पौडेलको नेतृत्वमा गुल्मी कलाकार समाजको २१ सदस्यीय कार्यसमिति

    म्यूजिक खबर
    प्रकाशित: ७ आश्विन २०८१, सोमबार

    काठमाडौं । गुल्मी कलाकार समाजको अध्यक्षमा गायिका तथा कार्यक्रम प्रस्तोता मन्जु पौडेल चयन भएकी छिन् । असोज ५ गते, शनिबार राजधानीमा सम्पन्न संस्थाको दोस्रो अधिवेशनले गायिका पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

    नयाँकार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा बाबुराम पन्थी, प्रथम उपाध्यक्षमा रामचन्द्र चन्द, द्वितीय उपाध्यक्ष गायत्री थापा महासचिबमा कमल जि सी, सचिवमा सन्तोष लम्साल, कोषाध्यक्षमा सन्तोष के सी, सह–कोषाध्यक्षमा महेन्द्र भण्डारी चयन भएका छन् ।

    त्यस्तै तुलसिंह रनपछाई प्रबक्ता रहेको कार्यसमितिको सदस्यहरुमा तिलक बस्नेत, उज्वल गिरि, रुपा घर्ति मगर, शान्तारानी परियार, नन्दु परियार, अर्जुन कुवँर, गोबिन्द पराजुली, प्रसाद खप्तरी मगर, पुरुषोत्तम भण्डारी, ओ बि रायमाझी, बिक्रम बाबु बिस्वकर्मा र नबिन परियार चुनिएका छन् ।

    यसअघि गुल्मी कलाकार समाजको अध्यक्षमा गायक बमबहादुर कार्की अध्यक्ष थिए भने श्रीप्रसाद थापाले महासचिवको जिम्मेवारी सम्हालेका थिए ।

    अधिवेशनबाट अध्यक्षमा चयन भएपछि गायिका पौडेले अग्रज अनुज सबैलाई आभार प्रकट गर्दै भनिन् – ‘गुल्मी कलाकार एकजुट भएर हिंड्ने त छौं नैं कलाकारहरुको सुखदुखमा समेत हाम्रो साथ रहनेछ । कलाकारितालाई सम्मुनत बनाउने र कलाकारको आत्मसम्मान सिर्जना गर्ने नै हाम्रो लक्ष्य रहेको छ ।’

    गुल्मी कलाकार समाजको नयाँ कार्यसमितिले शपथग्रहण भने लिएको छैन । आगामी असोज १४ गते गुल्मी कलाकार समाजकै आयोजनामा हुने ‘रामचन्द्र चन्द सांगीतिक साँझ तथा शुभकामना कार्यक्रम–२०८१’का अवसरमा कार्यसमितिले सपथग्रहण गर्ने छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु