• लिम्बू भाषामा सचेतनामुलक म्यूजिक भिडियो ‘मिघम्ब’ सार्बजनिक

    म्यूजिक खबर
    प्रकाशित: १६ आश्विन २०८१, बुधबार

    ललितपुर। लिम्बु भाषामा सचेतनामूलक म्यूजिक भिडियो ‘मिघम्ब’ सार्वजनिक भएको छ । ललितपुर सोभाहिटी स्थित किराँत याक्थुङ चुम्लुङको भवनमा विमोचन कार्यक्रम गर्दै ‘मिघम्ब’लाई सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि अ.प्रा. मेजर जनरल तथा पाँचथर समाज काठमाडौका अध्यक्ष होम कुमार लावती कार्यक्रमका र विशेष अतिथि कलाकार, समाजसेवी पुर्ण सेलिङले संयुक्त रुपमा स्विच दबाएर म्यूजिक भिडियोलाई सार्बजनिक गरेका थिए । मिघम्बलाई आत्मिय जनहरुको घर, घरमा पेन ड्राइभ मार्फत समेत पुराइने कुरा कार्यक्रमका सञ्चालक यासेली योङहाङले जानकारी गराए ।

    निर्माता टेक लावतिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लिम्बू समुदायका लभ्ध प्रतिष्ठित ब्यक्तिहरुको बाक्लो उपस्थिती थियो । प्रायः अतिथिहरुले आफ्नो मन्तव्यमा यस्ता भिडियोहरु लगातार बनिरहनु पर्ने र यस्ता भिडियोहरुले हाम्रो समुदायलाई मनोरञ्जनमात्र नभई उच्च ज्ञान समेत दिने कुरा राखेका थिए ।

    प्रेमहाङ्सेम लावतीको शब्द, संगीतमा तानाम तान्छो लावती र दिपा सुहाङको आवाज रहेको ‘मिघम्ब’मा सङ्गित संयोजन टेकेन्द्र याक्सोले गरेका हुन । तानाम तान्छो लावती, प्रेम हाङ्सेम लावती, निशा निङ्दम आदिको अभिनय रहेको उक्त भिडियो दिनेश माङ्मुले निर्देशन गरेका हुन् भने यसमा पदम लावती र टेक लावति निर्माता रहेका छन् ।
    पाँचथर जिल्लाको कुम्मायक, कुस्सायक, माङहिम, सुब्जानि गाउँ लगायत अत्यन्तै ऐतिहासिक र रमणीय स्थलहरुमा छायांकन गरिएको उक्त म्युजिक भिडियो तानाम तान्छो अफिसियल युट्युब च्यानमा हेर्न सकिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु