• ६ सय सैनिकलाई थाली नृत्य नचाएर प्राज्ञ महेश गोदारले बनाए वल्र्ड बुक अफ रेकर्ड

    म्यूजिक खबर
    प्रकाशित: ३० आश्विन २०८१, बुधबार
    Mahesh Godar Sunar

    काठमाडौं । दशैंको शुभ अबसरमा नृत्य निर्देशक एवम् प्राज्ञ महेश गोदार (महेश्वर सुनार)लाई अर्को खुसी प्राप्त भएको छ । उनले एकसाथ ६०० जना सैनिकलाई थाली नृत्यमा प्रस्तुत गरेको भन्दै वल्र्ड बुक अफ रेकर्ड लन्डन, बेलायतले वल्र्ड बुक रेकर्डको प्रमाणपत्र प्रदान गरेको छ ।
    उनले गत शिबरात्रीमा ६०० जना नेपाली सैनिकलाई काठमाडौंको टुँडिखेलमा एउटा गीतमा थाली नृत्य प्रस्तुत गराएका थिए । करिब दुई महिनाको निरन्तर अभ्यासपछि ६०० जना सैनिकले महेश गोदारको नृत्य निर्देशनमा थाली नृत्य प्रस्तुत गरेका हुन् । यही नृत्यका लागि यतिबेला महेशलाई वल्र्ड बुक अफ रेकर्ड लन्डनले वल्र्ड बुक रेकर्डको प्रमाणपत्र प्रदान गरेको हो ।
    काठमाडौंमा एक समारोहबीच हिजो नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले वल्र्ड बुक अफ रेकर्ड लन्डन, बेलायतको प्रतिनिधिको उपस्थितिमा महेशलाई यो प्रमाणपत्र प्रदान गरेका हुन् । भ्याली पृतनापति सागरबहादुर थापाको विशेष सहयोग र नेपाली सेनाको विशेष पहलमा यो रेकर्ड प्राप्त भएको प्राज्ञ महेशले बताएका छन् ।
    नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य एवम् राष्ट्रिय नृत्य संघ नेपालका अध्यक्ष महेश गोदारले बिगत तीन दशकदेखि थाली नाच नाच्दै आएका छन् । नेपाल टेलिभिजनबाट प्रशारण भएको छमछमी नृत्य रियालिटी शोका पहिलो देखि चौथो सृँखलासम्म निर्णायक रहेका उनी लामो समयदेखि नृत्य निर्देशनमा सक्रिय छन् ।
    नृत्य निर्देशक महेश गोदारले यो वल्र्ड बुक अफ रेकर्ड लन्डनको वल्र्ड रेकर्डले नृत्य निर्देशनमा अझ नयाँ काम गर्न थप उर्जा मिलेको बताएका छन् । यो भन्दा अझ धेरै सँख्यामा नचाएर नयाँ रेकर्ड बनाउने चाहना पनि उनले व्यक्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु