• मनी ताम्लिङ्ग, दिपा सुहाङ्गको स्वरमा लिम्बु भाषाको गीत ‘ए फुंङ्…’

    म्यूजिक खबर
    प्रकाशित: २ कार्तिक २०८१, शुक्रबार

    काठमाडौं । मानिसको सभ्यता र संस्कृतिको कसी सर्वप्रथम भाषा नै हो । विभिन्न जाति र समुदायहरुको आआफ्नै भाषाहरु हुन्छन् । त्यस्तै नेपालमा पनि आदिवासी जनजातिहरुको आआफनै भाषाहरु छन् । नेपालका अरु अरु भाषाहरु जस्तै पछिल्लो समयलाई हेर्दा लिम्बु जातिको भाषा लोप हुदै गइरहेको अवस्था छ । बहुसंख्यक लिम्बुहरुमा यस पछिल्लो चरणलाई हेर्दा उनीहरु दिनानुदिन आफ्नो भाषा छोड्दै गईरहेको देखिन्छ । यसको मुख्य कारण भनेको आफ्नो तात्थलो छाडेर अन्यत्र स्थायी रुपमा बसाई सर्नु हो ।

    लामो समय देखि अमेरिकालाई कर्मथलो बनाउदै आउनु भएका चलचित्र निर्देशक किशोर सुब्बाले आफ्नो मातृभाषा लोप हुनुको मुख्य कारण पहिलो अभिभावकहरु सचेत नहुनु र दोस्रो कुरा युवा पुस्ताहरु जहाँको संस्कारमा हर्कियो त्यहीको भाषा, संस्कृति र संस्कार अंगाल्ने हुँदा सन्सारको जुनसुकै कुनामा पुगेपनि आफ्नो जातीय संस्कार, संस्कृति र भाषाको संरक्षण गर्नुपर्छ भन्ने सन्देशमूलक लिम्बु भाषाको आधुनिक गीत ‘ए फुंङ्…’को लिरिकल भिडियो जेपिजे इन्टरटेन्टमेन्ट च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

    शब्द बिवस वेनाम, स्वर मनी ताम्लिङ्ग, दिपा सुहाङ्गको रहेको गीतको संगीत, एरेन्ज, मिक्सिङ्ग रेकर्डिङ्ग मनी ताम्लिङ्गले गरेका हुन भने यसका सम्पादन मन्दिल श्रेष्ठ, निर्माण तथा निर्देशन किशोर सुब्बाको रहको छ । जेपिजे ईन्टरटेनमेन्ट, न्युयोर्कको सहकार्यमा म्युजिक भिडियो आगामी तिहार लगतै सार्वजनिक गरिने जानकारी निर्देशक किशोर सुब्बाले दिएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु