• तारा श्रीष र राजेन्द्र घर्तीको स्वरमा कौराह गीत ‘साली भेना’

    म्यूजिक खबर
    प्रकाशित: ५ कार्तिक २०८१, सोमबार

    काठमाडौं । दिप फिल्म्स प्रोडक्सन ग्रुपको प्रस्तुतिमा रहेको ‘साली भेना’ कौराह गीतमा लोकप्रिय गायिका तारा श्रीष मगर र राजेन्द्र घर्ती मगरको स्वर रहेको छ । राजेन्द्र घर्ती मगरको शब्द एवं संगीत रहेको गीत ‘साली भेना’ गीतको संगीत संयोजन भने दिवान किनारले गरेका छन् ।
    ‘साली भेना’ कौराह गीतको म्यूजिक भिडियोमा गायक राजेन्द्र घर्तीको साथमा कृषु गुरुङ र मिसु गुरुङले अभिनय गरेका छन् । दिप फिल्म्स प्रोडक्सन ग्रुपका कलाकारहरुको सामूहिक अभिनय एवं नृत्य रहेको यस म्यूजिक भिडियोलाई दीप गुरुङले निर्देशन गरेका छन् । भिडियोलाई विजय लामाले छायाँकन गरेका छन् भने पदम सुवेदीले सम्पादन गरेका छन् । भिडियोलाई दीप गुरुङको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु