• म्युजिक भिडियोमा जनयुद्ध कालखण्डको जीवनशैली र मायाप्रेमको चित्रण

    म्यूजिक खबर
    प्रकाशित: ११ कार्तिक २०८१, आईतवार

    काठमाडौं । नेपालको इतिहासमा महत्वपूर्ण रहेको मूलतः नेकपा माओवादी द्वन्द्धको विषयमा केन्द्रित कष्टकर जीवनशैलि र तत्कालीन अवस्थाका मायाप्रेमलाई चित्रण गरिएको ‘मेरो भाग्यमा नलेखेको मान्छे’ बोलको म्युजिक भिडियो प्रियसी म्युजिक प्रालिले सार्वजनिक गरेको छ । यसमा प्रमोद खरेलको स्वर, रोशन सिंहको शब्द तथा संगीत छ । यो गीत राजेन्द्र पुरी र एला पुरीको एल्बममा समावेस छ ।

    बबिता श्रेष्ठको निर्देशन रहेको भिडियोमा बिक्रम बुढाथोकी, ललन चिमोरिया, दिपेन्द्रराज गीरी, निर्मल भण्डारी, राजेन्द्र हुमगाईं, युवराज हुमगाईं, करिष्मा थापाको अभिनय रहेको छ । उत्तम हुमगाईंले छायाँकन गरेको भिडियोलाई कल्पेश बिश्वकर्माले सम्पादन गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु