• गायिका पूर्णिमा लामाको शब्द, संगीत र स्वरमा ‘पुरानो घाउ’

    म्यूजिक खबर
    प्रकाशित: २२ कार्तिक २०८१, बिहीबार

    काठमाडौं । सानै उमेरमा आधुनिक गायनमा लोकप्रियता हासिल गरेकी गायिका पूर्णिमा लामाले यतिबेला भने आफ्नै शब्द, संगीत र स्वरमा ‘पुरानो घाउ’ बजारमा ल्याएकी छन् । ‘पुरानो घाउ’ गीतलाई गायिका लामाले आफ्नै अफिसियल यूट्यूब च्यानलबाट बजारमा ल्याएकी हुन् । गीतको संगीत संयोजन नारायण दंगालले गरेका छन् । म्यूजिक प्लस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीत ‘पुरानो घाउ’को भिडियोमा गायिका लामा आफैं देखिएकी छन् । भिडियोलाई शुक्र लामाको छायाँकन र निर्देशन रहेको छ भने त्रिलोक लामाले सम्पादन गरेका छन् ।

    भाग्यले नि छल्छ, फूल भनुँ जिन्दगीलाई, मुटु जली खरानी भो, एकपल्ट भनन, तिम्रो एउटा झुठ लगायतका गीतहरु चर्चाको शिखरमा छन् । आधुनिक गायनमा चर्चाको शिखरमा रहेकी गायिका लामाले सानो उमेरमा आधुनिक गायनमा छलाङ मार्न सफल भएकी थिइन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु