कृष्ण हमाल/म्युजिक खबर । नेपाली क्लब बहराइनको आयोजनामा बहराइनमा ‘नेपाली सांगीतिक साँझ– २०२४’ हुने भएको छ । बहराइनको राष्ष्ट्रिय दिवसको अवसरमा बहराइनको राजधानी मानमामा १६ डिसेम्बर २०२४ का दिन कार्यक्रम हुने भएको हो । कार्यक्रममा लोकप्रिय कलाकारहरु गायक कुलेन्द्र विश्वकर्मा, गायिका समिक्षा अधिकारी र मोडल एलिसा शर्माले प्रस्तुति दिने भएका छन् ।
गायक कुलेन्द्र विश्वकर्माको आकाश धर्तीको म नि उस्तै , फुल हौ तिमी , जिम्बल बाको आगनैमा , गैसक्यो जोबन , रुमाल हल्लाइ हल्लाइ लगायतका सयौं चर्चित गीतहरुमा स्वर दिएका छन् । त्यस्तै गायिका समिक्षा अधिकारीले कन्या राशी , बुझिन मैले (बोक्सीको घर), पानी मुनि , एसेलुको काँडो , मुटु रेटियो , पोखरा बगर घर , मायाको रोगको , मन परेरै हो लगायतका थुपूै चर्चित गीतहरुमा आफ्नो स्वर दिसकेकि छन् । यसैगरि मोडल एलिसा शर्माले आगो लाइ दिन्छु , ओइ बाडुली , रेबन चस्मा , माया मागेको , भट्टीको रानि , टिप्पिकै चोलि , लगायतका चर्चित म्युजिक भिडियोमा अभिनय गरिसकेकि छन् ।
नेपाली क्लब बहराइनका अध्यक्ष तथा समाजसेवी दिपक गुरुङले बहराइनमा रहेका सबै नेपालीहरुलाई उपस्थित भई कार्यक्रमलाई साथ सहयोगको लागि अनुरोध गरेका छन् । यसैगरि
नेपाली क्लब बहराइनका महासचिव तथा समाजसेवी कृष्ण खाम्चा मगरले ‘नेपाली सांगीतिक साँझ – २०२४’ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताए । यस्तै नेपाली क्लब बहराइनका भुपु अध्यक्ष तथा समाजसेवी कमल श्रेष्ठले बहराइनको राजधानी , ब्यापारीक केन्द्र मानमा स्थित डेल्मोन ईन्टरनेसनल होटलको हलमा हुने बताए ।
कार्यक्रमको सम्पूर्ण जानकारीका लागि ३७३७५३२९ , ३६५९५९०२ , ६६३०८९२८ , ३६८१७६४० मा सम्पर्क गरेर बुझ्न सकिनेछ ।