‘माया गर्ने तरीका’ लिएर आए अर्जुन, प्रताप र सुमि

म्यूजिक खबर
प्रकाशित: २६ मंसिर २०८१, बुधबार २०:४३

काठमाडौं । गायिका सुमि पराजुली तथा गायक प्रताप दासको स्वरमा रहेको ‘माया गर्ने तरीका’ बोलको गीतको भिडियो गायिका स्वयंकै युट्यूब च्यानल सुमी पराजुली ‘Sumi Parajuli’ बाट सार्वजनिक गरिएको हो । अर्जुन पोखरेलको रचना र संगीतमा तयार भएको गीतको भिडियोलाई मुस्कान ढकालले निर्देशन गरेका हुन् ।

रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडियोको छायांकन उत्तम हुमाँगाईं तथा सम्पादन विकास दाहालले गरेका हुन् ।

मोडल कविता नेपाली तथा मोडल रमेश विश्वकर्मा फिचर्ड भिडियोलाई दर्शक श्रोताले रुचाउनेमा आफु विश्वस्त रहेको गायिका पराजुलीले बताईन् ।

चुम्मा चपक्कै, सोल्टी, लुकामारी जस्ता लोकप्रिय गीतहरु गाईसकेकी गायिका पराजुलीले थुप्रै गीतहरु दर्शक श्रोता समक्ष प्रस्तुत गरिसकेका छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु