• ‘एक घर एक राष्टवादी पात्रो’ अभियान अन्तर्गत दस हजार भितेपात्रो हस्तान्तरण

    म्यूजिक खबर
    प्रकाशित: १९ बैशाख २०८२, शुक्रबार

    काठमाडौं । एक घर एक राष्टवादी पात्रो अभियान अन्तर्गत शुक्रबार एक समारोहवीच भितेपात्रो हस्तान्तरण गरिएको छ । राप्रपा नेपालका वरिष्ठ उपाध्यक्ष डा. तारानाथ लुइटेललाई दस हजार प्रति जिम्मा दिइएको हो ।

    भितेपात्रो अभियानलाई सहजीकरण गरेका नागरिक विद्रोहका जनसम्पर्क विभाग प्रमुख इ. चिरञ्जीवी भटराईले हस्तान्तरण गरेका हुन् ।

    आफूले पाएको दस हजार प्रति भितेपात्रो घरघरमा पुरयाउन डा लुइटेलले जिम्मा लिएका हुन् । त्यही अनुसार डा लुइटेललाई भितेपात्रो हस्तान्तरण गरिएको हो । भितेपात्रोबाट आर्जित मुनाफालाई राष्टवादी आन्दोलनमा खर्च गरिने जानकारी पनि कार्यक्रममा उनले दिए ।

    यसअघि नै भितेपात्रो प्रकाशित गरी देशभरका घरघरमा वितरण गर्ने उद्देश्य राखिएको थियो । यसले राजा र राजसंस्थाको महत्व र योगदान बुझने मौका मिल्ने आशा गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु