• कामनपा वडा नं. २३ को आयोजनामा न्युरोडमा महोत्सव हुने, कुटुम्ब ब्याण्डले समेत प्रस्तुति दिने

    म्यूजिक खबर
    प्रकाशित: ३१ जेष्ठ २०८२, शुक्रबार १५:२५

    काठमाडौं । काठमाडौं महानगरपालिका– २३ वडा कार्यालयको आयोजनामा शुक्रबार राजधानीको न्यूरोडस्थित धर्मपथमा लोकप्रिय सांगितीक समूह कुटुम्ब ब्याण्डको सांगितीक प्रस्तुतिका साथ धर्मपथ महोत्सव हुने भएको छ ।
    स्थानीयहरुले उत्पादन गरेका हस्तकला सामग्रीको प्रवद्र्धन र नेवाः खाजाको ब्राण्डिङ गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको होे।स्थानीय क्बल, र संघसंस्थाको सक्रिय सहभागिता रहने महोत्सवमा वडाबाट विभिन्न विषयका तालिम प्राप्त महिलाहरुले उत्पादन गरेका विभिन्न सामग्री र नेवाः खानाका प्रकारको स्टलहरु राखिनेछ।
    त्यसैगरी किड्स जोन, बाथ रोग सम्बन्धी स्वास्थ्य शिविर राखिने वडा कार्यालयले जनाएको छ । महोत्सव अवधिभर विभिन्न गुठीको परम्परागत बाजाको प्रस्तुती, कुटुम्ब ब्याण्डको प्रस्तुती गर्ने कार्यक्रम रहेको छ । यस अघि काठमाडौं महानगरपालिकाकोे कार्यालयको सांस्कृतिक भवनमा सो महोत्सवको उद्घाटन गरिने वडाअध्यक्ष मचाराजा महर्जनले जानकारी गराउनु भयो।
    वडाका विभिन्न महिला समूहद्वारा उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनी कक्षका रुपमा ओमबहालमा कोशेली घरको सञ्चालन गरिने छ । यस महोत्सवबाट पर्यटकीय गन्तव्यको रुपमा धेरै समयसम्म परिचित झोछेंलाई पुनः पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने तथा आन्तरिक र बाहय पर्यटक प्रवद्र्धन गर्न टेवा पु¥याउने विश्वास लिइएको छ।
    महोत्सवको आयोजनाको लागि वडाअध्यक्ष मचाराजा महर्जनको संयोजकत्वमा मुल समिति गठन गरिएको छ । महोत्सव शान्ति, सुव्यवस्थाका सम्पन्न गर्न विभिन्न समितिहरु गठन गरिएको छ। शान्तिसुरक्षा तथा ट्राफिक व्यवस्थापन समितिको सयोजकमा गणपतिलाल श्रेष्ठ, स्वयंसेवक परिचालनमा सुसन वैद्य, स्टल व्यवस्थापनमा सजनी महर्जन, सांस्कृतिक तथा सांगितिक व्यवस्थापनमा बाबुराजा महर्जन, सरसफाईमा कान्छा देउलालाई संयोजक तोकिएको छ । यस कार्यमा शार्दुलजंग गुल्म, प्रहरी वृत जनसेवा,ट्राफिक प्रहरी वृत्त जनसेवा, महानगरको प्रहरी बल, सिद्धिगणेश ओपन स्काउट क्यु, रेडक्रस, दमकल र प्रहरी प्रशासनसंग समन्वय गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु