• शर्मिला र प्रमोदको स्वरमा ‘खै त मायाले कुरा बुझेको’

    म्यूजिक खबर
    प्रकाशित: १ असार २०८२, आईतवार ०२:३३

    काठमाडौं । गायिका शर्मिला बर्देवा र गायक प्रमोद शर्माको स्वरमा रहेको गीत ‘खै त मायाले कुरा बुझेको’ सार्वजनिक भएको छ । दिनेशराज पुरीको शब्द रहेको गीतमा राजेन्द्र बजगाईंको संगीत तथा संगीत संयोजन रहेको छ । स्टुडियो २१, म्युजिक किचन र स्टनवेल स्टुडियो लण्डनमा रेकडिङ्ग गरिएको गीतको मिक्सिङ माष्टरिङ्ग मनोज परियारले गरेका हुन् ।
    ‘खै त मायाले कुरा बुझेको’ गीतको भिडियोमा सियोन श्रेष्ठको नृत्य तथा निर्देशन रहेको छ । गीतको भिडियोमा शुधीर श्रेष्ठ, बिना रावत, श्रीस्वस्थानी तामाङ्ग लगायतको अभिनय रहेको छ । भिडियोको छायाँकन करन चैसीरले गरेका हुन् भने शिलन लम्सालले सम्पादन तथा कलर गरेका हुन् । ‘खै त मायाले कुरा बुझेको’ बोलको गीतलाई म्युजिक नेपालको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु