
काठमाडौँ । पछिल्लो पुस्ताका सर्वाधिक लोकप्रिय गायक दुर्गेश थापाको गीत ‘जाने भए जाम माया’ युट्युबमा करोड क्लबमा प्रवेश गरेको छ ।रिलिज भएको १८ दिनमा नै गीतले यो उपलब्धि हासिल गर्न सफल भएको हो । भ्लगर सिसन बानियाँ र गुराँस नानीसँग दुर्गेशको सहकार्यले निकै चर्चा कमायो । यो गीतले २४ घण्टामा सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड बनाउन सफल भयो । त्यस्तै छोटो समयमै ग्लोबल ट्रेन्डिङमा परेर यो गीतले इतिहास रच्यो ।
गीतका शब्द, संगीत र संगीत संयोजन समेत दुर्गेश थापाले नै गरेका हुन्। गायनमा दुर्गेशलाई सिसन बानियाँ र अल्हाजी गेरोले साथ दिएका छन्।
गीतको भिडिओमा दुर्गेश, सिसन र गुँरास नानीको अभिनय रहेको छ । अल्हाजी गेरो र लासो पेमा लगायतलाई पनि भिडियोमा देख्न सकिन्छ । भिडियोको कला निर्देशन मणिक पाख्रिनले गरेका हुन् ।