
शिशिर सिखडा, टोरण्टो । गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अध्यक्षमा जगन सापकोटा विजयी भएका छन्।
निर्वाचन वर्ष २५–२७ मा सम्पन्न उनले १५३२ मत प्राप्त गरी विजयी भएका हुन्। अध्यक्ष पदका लागि पाँच जनाबीच प्रतिस्पर्धा भएको थियो।
आज सम्पन्न निर्वाचन ९वर्ष २५–२७० मा उनले १५३२ मत प्राप्त गरी विजयी भएका हुन्। अध्यक्ष पदका लागि पाँच जनाबीच प्रतिस्पर्धा भएको थियो।
अन्य उम्मेदवारहरू चन्दा अधिकारीले १३५७ मत, किरोज श्रेष्ठले ८४८ मत, विद्या भूषण कार्कीले ११०८ मत र सुरज अधिकारीले २८३ मत प्राप्त गरेका थिए। एनआरएनए क्यानडामा ६०१५ जना मतदाता रहेका मध्ये ५१७९ जनाले मतदानमा सहभागिता जनाएका थिए।
महासचिवमा शर्मिला रानाभाट विजयी भएकी छन्। उपाध्यक्ष एटलान्टिकमा हरि बराकोटी, सेण्ट्रलमा प्रतीक भण्डारी, र वेस्टर्नमा विशाल थापा विजयी भएका छन्।
कोषाध्यक्षमा इन्दिरा रिजाल, सह(कोषाध्यक्षमा जी।आर। भण्डारी, सचिवमा विजय लम्साल र युथ कोअर्डिनेटरमा हेमराज काफ्ले विजयी भएका छन्।
आईसीसी सदस्यमा कमल भट्टराई, विशाल घिमिरे, पिता पौडेल, पिताम्बर भट्टराई र दिनेश घिमिरे निर्वाचित भएका छन्।
सदस्यहरूमा एटलान्टिकबाट सुनिल घिमिरे, मिसिसागाबाट तिलाराम सापकोटा र टीका पहारी, ब्राम्पटनबाट सीता ठाडा राना, सागर गुरुङ र राममाया घिमिरे, महिला तर्फ विष्णुमाया क्षेत्री, लण्डन सिटीबाट विजय तामाङ र शिव डल्लाकोटी विजयी भएका छन्।
२ पदाधिकारीको पदमा ५ जना सहित सदस्यहरू पनि सर्वसम्मत
एनआरएनए क्यानडाको वरिष्ठ उपाध्यक्षमा सन्तोष दाहाल, प्रजापति सापकोटा, डा. पुण्यसागर मरहट्टा तथा महिला उपाध्यक्षमा समीक्षा कार्की र गीता दवाडी ढकाल सर्वसम्मत रूपमा विजयी भएका छन्।
शनिबार स्कारब्रोमा सम्पन्न साधारण सभाले उनीहरूलाई सर्वसम्मत रूपमा चयन गरेको हो। सो पदहरूमा रहेको विवाद समाधान गर्न सबै ५ उम्मेदवारलाई सर्वसम्मत विजयी गराइएको जनाइएको छ।
उपाध्यक्ष (संघीय सरकार सम्पर्क० पदमा जानकी पण्डित र युवा संयोजक -महिला) पदमा स्वीकृति खड्काको एकल उम्मेदवारी परेकाले उनीहरू निर्विरोध विजयी भएका हुन्।
त्यस्तै, उत्तरी ओन्टारियोको सडबरीबाट विनोद गुरुङ, नोभा स्कोशियारपीईआईबाट मनोजकुमार थापा, क्युबेकबाट जीवन पन्त, ओटावाबाट याम गोतामे, नायग्रा क्षेत्रबाट भरतकुमार शर्मा, किचनररवाटरलुबाट मनोज भण्डारी, म्यानिटोबाबाट विवेक गौतम, सास्काचुवानबाट नारायणप्रसाद दाहाल, ब्रिटिश कोलम्बियाको भिक्टोरियाबाट पारसदीप सुवेदी, सरेबाट विनोद शर्मा र भ्यानकुवरबाट गोबिन्द क्षेत्री पनि निर्विरोध विजयी भएका छन्।
अल्बर्टाको एडमन्टनबाट नरेश पोखरेल, महिला तर्फ ईश्वरी केसी र सगुन पाण्डे, क्यालगरीबाट खुमाराज पाण्डे, भीम तिवारी र महिला तर्फ प्रिन्जिया ढुंगेल पनि निर्विरोध निर्वाचित भएका छन्।