
काठमाडौं । गायिका निशा केसीको लोकगीत ‘नशा लागेको’ मायाप्रेमत्रिको समर्पण रहेको देखिन्छ । मायाको गहिराइमा चुर्लुम्म डुबेको परिवेशभित्र रहेर सिर्जित गीत हो ‘नशा लागेको’ । गायिका सुशिला गौतमको म्यूजिक र हुकलाइन रहेको गीत ‘नशा लागेको’ मा शिव हमालको शब्द सिर्जना रहेको छ । ‘नशा लागेको’ गीतको म्युजिक एरेन्ज गायक तथा संगीतकार झलक संगीतम्को रहेको छ ।
‘नशा लागेको’ गीतलाई झलक संगीतमकै आलाप स्टुडियो अष्ट्रेलियामा रेकर्ड गरिएको हो । यसको मिक्सिङ भने खडग बाजुरालीको रहेको छ ।
‘नशा लागेको’ गीतको म्यूजिक भिडियोमा रोशनी कार्की र रञ्जित पौडेलको अभिनय रहेको छ । विशाल घिमिरेको स्टोरी तथा निर्देशन रहेको ‘नशा लागेको’ गीतको भिडियोलाई करण चैंसिरले छायाँकन गरेका हुन् भने नवीन घर्तीमगरले सम्पादन गरेका हुन् । गीतको भिडियोलाई गायिका निशा केसीको अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गायिका निशा केसी अष्ट्रेलियामा कर्मथलो बनाउँदै आएकी छन् भने पछिल्लो समय गायक, संगीतकार एवं संगीत संयोजक झलक संगीतम् पनि अष्ट्रेलिया बस्दै आएका छन् । नेपालमा आलाप रेकर्डिङ स्टुडियो, लाइभ दोहोरी लगायतका संगीत कर्ममा सक्रिय संगीतम् पछिल्लो समय अष्ट्रेलियामा नै होम स्टुडियो सञ्चालन गर्दै आएका छन् । सोही स्टुडियोमा नै ‘नशा लागेको’ गीतको रेकर्डिङ कार्य भएको हो ।
