
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङलाई छोरीको पिता बनेका छन् । उनकी श्रीमती कन्चन निरौलाले बुधवार विहान मेडिसिटी हस्पिटलमा छोरीलाई जन्म दिएकी हुन् ।
उनीहरुको यसअघि पनि एक छोरा छन् । पहिलो सन्तान जन्मिएको ३ वर्षपछि कन्चन र किरण दोस्रो पटक आमा–बुबा बनेका हुन् । लामो समय प्रेम सम्बन्धमा रहेका उनीहरुले २०७९ भदौमा विवाह गरेका थिए भने २०८० सालमा उनीहरु छोराको आमा–बुबा बनेका थिए ।