कलाकारिताबाट राजनीतिको केन्द्रतर्फः कांग्रेसको १५औँ महाधिवेशनमा जुर्मुराए स्थापित कलाकारहरू

म्यूजिक खबर
प्रकाशित: ८ आश्विन २०८३, बिहीबार १८:५५

काठमाडौं । नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनको सरगर्मी बढेसँगै चलचित्र र सङ्गीत जगत्का स्थापित नक्षत्रहरू यस पटक केवल चुनावी प्रचारमा मात्र सीमित नभई नीति निर्माण र नेतृत्वको दौडमा होमिएका छन् । आगामी २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि तल्लो तहदेखि नै कलाकारहरूको उम्मेदवारी र सक्रियताले राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा गरेको छ ५औँ केन्द्रीय महाधिवेशन ।

आफ्नो गृहजिल्ला तनहुँ बाट महाधिवेशन प्रतिनिधि पदका लागि चुनावी मैदानमा होमिएका छन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष समेत रहेका ढकाल तनहुँको भूगोल र लोकतान्त्रिक कलाकर्मीहरूको प्रतिनिधित्व गर्दै चुनावी प्रचारमा सक्रिय छन्।

यस्तै युवा संगीतकर्मी तथा मोडल सुनिल लामिछाने गोरखा जिल्ला प्रतिनिधिसभा क्षेत्र नम्बर १, अन्तर्गत भीमसेन थापा गाउँपालिका–२ बाट खुलातर्फ क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भइसकेका छन्। गोरखा सांस्कृतिक समाजका पूर्वअध्यक्ष समेत रहेका लामिछाने युवा पुस्ता र कलाकर्मीको एजेन्डासहित अब गोरखाबाटै केन्द्रीय महाधिवेशन प्रतिनिधिको चुनाव लड्ने तयारीमा छन्।

यसै सन्दर्भमा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष समेत रहेका लोकप्रिय गायक प्रकाश कटुवाल पनि राजनीतिक मैदानमा देखिएका छन् । रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं. ३ बाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भई महाधिवेशन प्रतिनिधिका लागि उनी रामेछाप क्षेत्रबाटै आफ्नो चुनावी दाबेदारी बलियो बनाएका छन्।

नेपाली लोक गायन क्षेत्रका स्थापित धरोहर बिमलराज क्षेत्री पनि पर्बत जिल्लाबाट महाधिवेशन प्रतिनिधिको दाबेदारका रूपमा चुनावी मोर्चामा होमिएका छन्। उनको उपस्थितिले कलाकर्मीहरूको टोलीलाई थप ओजिलो बनाएको छ ।

चर्चित गीत मकै बारी दर्याम दर्याम गीतकी गायिका सुष्मा शाही ठकुरी पनि यस पटक कांग्रेस महाधिवेशन प्रतिनिधि बन्नका लागि चुनावी मैदानमा उत्रिएकी छन् । तनहुँ जिल्लाबाट प्रतिनिधिका लागि दौडधुपमा व्यस्त रहेकी गायिका ठकुरीले महिला तथा कलाकर्मीहरूको मुद्दालाई सशक्त ढंगले उठाउने उनको संकल्प छ।

यता राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा नेतृत्वदायी भूमिका खेलिसकेका गायक कृष्ण रेउले पनि महाधिवेशनका लागि चुनावी मैदानमा होमिएका छन्। उनले कला क्षेत्र र समाज रूपान्तरणका एजेन्डासहित आफ्नो प्रचारलाई तीव्र पारेका छन्।

यी नामहरुसँगै राष्ट्रिय स्तरका चर्चित र लोकप्रिय कलाकारहरु चुनावी मैदानमा छन् । शिव शंकर रिजाल, शिवहरी पौडेल, निर्देशक सम्झना रौनिरायर लगायतले जिल्लाबाट आफ्नो उम्मेदवारी दर्ताको तयारी गरिरहेको बुझिएको छ ।

कलाकारितासँगै थुप्रै संघ–संगठनमा लामो अनुभव बटुलेका तीर्थ थापा पनि महाधिवेशन प्रतिनिधि बन्ने दौडमा छन् ।
थुप्रै चर्चित गीतका सर्जक कस्तुप पन्त महाधिवेशन प्रतिनिधि छनौट भइसकेका छन् । नेपाल सांस्कृतिक संघका केन्द्रीय नेता पन्तले कला र सङ्गीत क्षेत्रको व्यावसायिक हकहित तथा स्रष्टाहरूको सामाजिक सुरक्षालाई नीतिगत तहमा पु¥याउने एजेन्डासहित उनी पार्टीमा सक्रिय बनेका छन् ।

महाधिवेसन प्रतिनिधी हुने कलाकारहरुको नाममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगर, महिला उपाध्यक्ष राधिका हमाल, जस्ता चर्चित नामहरुको पनि बजारमा चर्चा छ । वरिष्ठ चलचित्रकर्मी नीर शाह र अन्तर्राष्ट्रिय रूपमा प्रशंसित निर्देशक मीन भाम जस्ता प्रबुद्ध व्यक्तित्वहरूले केन्द्रमा नीतिगत नेतृत्व दिइरहँदा भूगोल र जिल्ला–जिल्लाबाट आउने यी कलाकारहरूको चुनावी मोर्चाले कांग्रेसभित्र कला क्षेत्रको बलियो उपस्थितिलाई सुनिश्चित गरेको छ । देशभरिबाट छानिएर आउने करिब ७,००० महाधिवेशन प्रतिनिधिहरूमा यस पटक कलाकर्मीहरूको संख्या र प्रभाव विगतका महाधिवेशनहरूभन्दा निकै गुणा बढी हुने निश्चित देखिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु