‘काठमाडौं हरर फिल्म फेस्टिभल’मा २१ देशका २६ फिल्म छनोट

म्यूजिक खबर
प्रकाशित: २० आश्विन २०८३, मंगलवार १८:३०

काठमाडौं । काठमाडौं हरर फिल्म फेस्टिभलको दोस्रो संस्करण आगामी कात्तिक १३ देखि १५ गतेसम्म हुने भएको छ । नेपाल फिल्म एण्ड थिएटर समुदायले आयोजना गर्ने फेस्टिभलका लागि अन्तर्राष्ट्रिय आह्वानमार्फत प्राप्त विभिन्न देशका २६ वटा फिल्म छनोट गरिएको छ ।

छनोट भएका फिल्ममा ८ वटा फिचर फिल्म र १८ वटा छोटा फिल्म रहेका छन् । यी फिल्म २१ देशका हुन् भने तीमध्ये ५ वटा नेपाली निर्माण वा सह–निर्माण रहेका छन् । फेस्टिभलको आयोजनास्थलका रूपमा पहिलो संस्करणदेखि सहकार्य गर्दै आएको रुस्लान ज्याज क्याफेले यस वर्ष पनि स्थान उपलब्ध गराउने भएको छ ।

छनोट भएका ८ फिचर फिल्म:

1. Abandoned Joby Stephens 80 mins UK
2. Frost Pavle Vučković 109 mins Serbia
3. Kill Me Peter Warren 104 mins USA
4. In This Darkness I See You Nadim Tabet 85 mins Lebanon, France, Qatar, Saudi Arabia
5. The Wrath Shayne Putzlocher 91 mins Canada
6. The Ones Who Grieve Quarxx 115 mins France, USA
7. Poultry Farm Mohammadreza Ardalan 98 mins Iran
8. Mokshya Subarna Poudel 50 mins Australia, Nepal

छनोट भएका १८ सर्ट फिल्म:

1. KNAR Akash Dhimal 16 mins Nepal
2. OBEY Jordan Wippell 11 mins USA
3. Cosmonauts Leo Cernic 14 mins Italy, Slovenia
4. The Leader Will Come Micheil Geluykens, Manuel Janssens 17 mins Belgium
5. Happy Victor Basallote 7 mins Spain
6. Something Scary Jeff Zorrilla 24 mins Argentina
7. Merkurio Sébastien Pesle 25 mins France
8. Sincopat Pol Diggler 13 mins Spain
9. Sinner Raksha Thapa 14 mins Nepal
10. Lifelines Bruno Richaud 13 mins France
11. The Old Man and The Grave Prabhat Gurung 6 mins South Korea
12. Septeno Óscar Pérez 29 mins Spain
13. Egg Tomoka Tabata 19 mins Japan
14. Vagabond Philippe Woodtli 15 mins Switzerland
15. Lakhey Veemsen Lama 15 mins Nepal
16. A.L.I.C.E. Maxim Chebotarev 15 mins Nepal
17. Favela Amarela Nicholas Lobato, Thiago Tuchu 20 mins Brazil
18. D3STRO Joshua Torresvalle 7 mins Mexico

फेस्टिभल निर्देशक रशिक पाठक हरर विधा अहिले सिनेमाको सिर्जनशील विधामध्ये एक बनेको बताउँछन् । उनका अनुसार यस विधामार्फत फिल्ममेकरहरुले लोककथा, मनोविज्ञान, समाज र पहिचानजस्ता विषयलाई प्रस्तुत गरिरहेका छन् ।

फेस्टिभलको मुख्य उद्देश्य नेपाली हरर तथा अन्य जेनरका फिल्ममेकरलाई दर्शक र फिल्म समुदायसँग जोड्नु, विदेशी फिल्ममेकरसँग सम्पर्क तथा सहकार्यको अवसर सिर्जना गर्नु र विश्वभर निर्माण भइरहेका जेनर फिल्म नेपाली दर्शकमाझ प्रस्तुत गर्नु हो ।

यो फेस्टिभल सन् २०२५ देखि सुरु भएको हो । साथै, यसले नेपाली फिल्ममेकरलाई स्थानीय लोककथा, मिथक तथा परम्परामा आधारित कथाहरू निर्माण गर्न प्रोत्साहन गर्ने लक्ष्यसमेत राखेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु