एमआरडीएफको आयोजनामा हुँदै आएको ‘प्लेटफर्म’ कार्यक्रममा दिपिका श्रेष्ठ उत्कृष्ट बन्न सफल भएकी छन् । हरेक महिनाको अन्तिम शनिबार आयोजना हुँदै आएको प्लेटफर्म कार्यक्रममा लुकेर रहेका सांगीतिक प्रतिभाहरुलाई प्रस्तुत गर्ने मौका मिल्दै आएको छ । गीतसंगीतको क्षेत्रमा रुचि भएका तर अवसर नपाएकाहरुलाई एमआरडिएफको यस प्लेटफर्म कार्यक्रममा सहभागी गराई उनीहरुको प्रतिभाको कदर गर्दै उत्कृष्ट चयन गर्ने र प्रोत्साहन गर्ने काम गरिँदै आएको छ ।
माघ महिनाको अन्तिम शनिबार भएको प्लेटफर्म कार्यक्रममा दिपिका श्रेष्ठ सर्वोत्कृष्ट बन्न सफल भएकी हुन् । उनले तीन हजार राशिसहित प्रथम पुरस्कार हात पार्न सफल भएकी छन् । त्यस्तै सुपक बस्नेत काठमाडौं र पूर्ण प्रसाद राई धनकुटाले क्रमशः दोश्रो र तेश्रो हुँदै दुई–दुई हजार राशिको पुरस्कार चुम्न सफल भए ।
कार्यक्रममा वरिष्ठ संगीतकार राजु सिंह, गायक कृष्णभक्त राई, प्रस्तोता समाज नेपालका सदस्य नरहरि प्रेमी, संगीत रोयल्टी संकलन समाजकी निर्देशक अंकिता श्रेष्ठ, गायक सञ्जीव कुमार पौडेल, सर्वाङ्गिण विकास मञ्चका अध्यक्ष राम भक्त लगायतको आतिथ्यतामा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । विभिन्न जिल्लाबाट सहभागी भएका करिब एक दर्जन प्रतिस्पर्धीबाट दिपिका उत्कृष्ट बन्न सफल भएकी हुन् ।