• फिल्मी शैलीको कर्णप्रिय गीत – ‘कुटु कुटु’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: २४ आश्विन २०८०, बुधबार

    काठमाडौं । नेपालि गीति लेखनमा उर्जा खर्चिरहेका सक्रिय गीतकार अमर बान्तुले सिर्जना गरेका दर्जन भन्दा बढी गीत संगीत नेपालि दर्शक श्रोताको मन मुटुमा बस्न सफल छन् । यस्तै बान्तुका सार्वजनिक गीतहरुकै भीडमा नयाँ गीत थपिएको छ – ‘कुटु कुटु’ ।
    अन्य गीत जस्तै यो गीत पनि उतिकै कर्णप्रिय रहेको छ । मिठास र कर्णप्रिय गीतको भिडियो फिल्मी शैलीमा बनेको छ। भिडियो हेर्दा लाग्छ, कुनै फिल्मभित्रको गीत हो यो ।
    शब्द र संगीत समेत अमर बन्तुको रहेको गीतमा गायक सुमित खड्का र गायिका अन्जु गौतमको स्वर रहेको छ ।
    गीतमा ‘छक्का पञ्जा’ सिरिज निर्देशक दिपाश्री निरौला र कलाकार बुद्धि तामाङ ‘हैट’ फिचर्ड रहेका छन् ।
    विक्रम चौहानको निर्देशनमा तयार भएको गीतमा दिपा र बुद्धि प्रेम जोडीको रुपमा प्रस्तुत भएका छन् । भिडियोमा अभिषेक खड्का र सजिना श्रेष्ठको पनि अभिनय रहेको छ ।

    रमाइलो भिडियोमा बिक्रमको नै कोरियोग्राफी रहेको छ । नवराज उप्रेतीले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।
    भिडियोलाई अमर बान्तु युट्युब च्यानल मार्फत हेर्न सकिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु