• सात प्रदेशमा सप्तरङ्गी प्रस्तुतिसहित ‘म्यूजिकल जर्नी’

    म्यूजिक खबर
    प्रकाशित: २२ पुष २०७५, आईतवार

    काठमाडौं । ‘सात प्रदेश र सात हामी’ नारा लिएर ‘ग्रीष्मा ब्रोडकास्टिङ’को आयोजनामा ‘सिएमसी सप्तरंगी, अ म्युजिकल जर्नी–२०१९’ आयोजना हुने भएको छ । कार्यक्रमको मुख्य उद्देश्य सद्भाव र ऐश्वर्यताका लागि भन्ने राखिएको छ । कार्यक्रममा गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका इन्दिरा जोशी र लोकगायक पशुपति शर्माको गायन प्रस्तुति रहनेछ भने मोडल अन्जली अधिकारीको नृत्य प्रस्तुति रहेछ छ । त्यस्तै कमेडियन सन्दीप क्षेत्रीले सबैलाई हसाउँछन् भने खेलाडी दीपक बिष्टले दर्शकलाई खेल देखाउनेछन् । यिनै सात जनाको सात प्रदेशमा हुने प्रस्तुति नै ‘सिएमसी सप्तरंगी, अ म्युजिकल जर्नी–२०१९’ प्रस्तुति हो ।

    यो कार्यक्रम माघ १८ गते दमकबाट सुरु भई माघ २० गते जनकपुर, माघ २२ गते नारायणगढ, माघ २४ गते बुटबल, माघ २६ गते सुर्खेत, माघ २८ गते धनगढी र फागुन २ गते पोखरामा पुगेर समाप्त हुनेछ । विना शुल्क दर्शकलाई प्रवेश गराएर यो कार्यक्रमलाई सम्पन्न गर्ने लक्ष्य आयोजकले लिएको छ ।

    ‘सात प्रदेशलाई चिनाउन र त्यहाँको पर्यटकिय स्थानहरुलाई प्रचार गर्नका लागि पनि यस कार्यक्रमको आयोजना गरिएको हो’, आयोजक संस्थाका प्रमुख गृहेन्द्र घिमिरेले भने–‘हामीले आर्थिक लाभका लागि यस कार्यक्रम गर्न लागेका होइनौ । हामीले सातै प्रदेशका जनताहरु बिच आपसी सद्भाव र सामिप्यता बढाउनका साथै पर्यटकिय हिसबमा पनि सातै प्रदेशको प्रचार गर्न कार्यक्रमको आयोजना गरेका हौं ।’ कार्यक्रममा उपस्थित कलाकारहरुले पनि यस्तो गरिमा बोकेको कार्यक्रममा सहभागी भएर प्रस्तुति दिन पाउनु आफूहरुको लागि खुशीको कुरा भएको बताएका थिए । उनीहरुले आ–आफ्नो तर्फबाट यस कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

     

    विष्णु माझी सार्वजनिक, स्वतन्त्र छन् भन्न नसकिने स्याङजा प्रहरीको थप आशङ्का !

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु