भद्रगोलका बले र आँचल शर्माको अभिनयमा रहेको गीत “माया पिरती” सार्वजनिक (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २६ बैशाख २०७६, बिहीबार

हास्य कलाकार सागर लम्साल (बले)र नायिका आँचल शर्माको अभिनय रहेको “माया पिरती”को भिडियो सार्वजनिक भएको छ । माया पिरती बोलको भिडियोमा अभिनेत्री आँचल शर्मा, भद्रगोल टेलिसिरियलका हास्य कलाकार सागर लम्साल (बले) र सुशील तामाङ रहेका छन्। वैशाख २० गते सार्वजनिक भएको हो । गीतमा सङ्गीत तिलक बस्नेतको रहेको छ । गीतमा व्यवस्थापन कमल सौरागले गरेका छन् भने मिक्सिङ्ग/मास्टरिङ्ग कुमार राना मगरले गरेका छन् । उत्पादन मधुसूदन आचार्यको रहेको र भिडियो निर्देशन र कोरियोग्राफी शिव विकले गरेका छन् । गीत एट के एभरेस्ट मोसन पिक्चर बाट सार्वजनिक भएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु