बर्षा र आकाश अभिनित ‘दिल तोडेर गययौ’ ( भिडियो )

म्यूजिक खबर
प्रकाशित: १३ असार २०७६, शुक्रबार

डिजिटल बजारमा केही दिन अघि सेन्टिमेन्टल भर्सनको ‘दिल तोडेर गययौ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वर जगदिश समालको रहेको छ भने शब्द सुरेन्द्र थेगिमको रहेको छ । संगीत नारायण सुवेदी आभासु को रहेको छ । गीतको म्युजिक एरेन्ज्मेन्ट फणीन्द्र राईले गरेका हुन । प्रेम बिछोडको भावमा प्रस्तुत गरिएको यस भिडियोमा नायिका बर्षा राउत र नायक आकाश श्रेष्ठलाई प्रेम जोडीका रूपमा प्रस्तुत गरिएको छ। साथमा मोडेल निराजन प्रधानलाई बर्षाको श्रीमानका रूपमा देखाइएको छ । बुद्ध थापाले खिचेको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन। निकेश खड्काको निर्देशनमा तयार भएको यस भिडियोलाई दर्शकको साथ र सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु