त्रिकोणात्मक प्रेम कथामा आधारित ‘तिमी फर्केर आयौ’

म्यूजिक खबर
प्रकाशित: ३० भाद्र २०७९, बिहीबार

काठमाडौं । सुगम पोखरेलको स्वरमा नयाँ गीत ‘तिमी फर्केर आयौ’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा गीतकार प्रदिप चापागाईं को शब्द र कल्याण सिंहको संगीत र दीक्षित पौडेलको एरेन्ज सुन्न सकिन्छ।

म्युजिक भिडियोमा आकाश श्रेष्ठ , बिकाश लामिछाने र करुणा श्रेष्ठको अभिनय रहेको छ। प्रेम र बिछोडको कथामा तयार भएको म्युजिक भिडियोलाई निकेश खड्काले निर्दशन गरेका हुन्। भिडियोमा उत्तम हुमागाईको छायांकन , अनिता ग्वाचाको मेकअप र बिकास धमलाको सम्पादन समाबेश छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु