म्युजिकल फिल्म ‘आमा कहाँ खोजुँ ?’ को ट्रेलर सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ५ फाल्गुन २०७७, बुधबार
Aama

म्युजिकल फिल्म ‘आमा कहाँ खोजुँ ? को ट्रेलर आईतवार सार्वजनिक गरिएको छ । सामाजिक सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको म्युजिकल फिल्म ‘आमा कहाँ खोजुँ ? मा नेरिस्का स्थापित, रवि मैनाली, सारिका ढकाल र श्रृष्टि थापा मगरको अभिनय रहेको छ ।
कथामा अनाथ आश्रममा हुर्किरहेकी १० बर्ष कि छोरीले जन्म दिने आमाको खोजी गरेको वर्णन गरिएको छ । जन्म दिने आमाले विविध कारण र बिबश्ताले आफ्नो नबजात शिशुलाई फाल्न बाध्य रहेको फिल्ममा छ ।
अनाथ अश्राममा रहेकी छोरीले जब बिस्तारै ठुली हुदै जान्छे जन्म दिने आमाको बारेमा सोच्न थाल्छे । उनलाई भेट्न् मन लाग्छ । जस्तो सुकै भए पनि एक चोटी भेट्न पाए हुन्थ्यो भन्ने चाहाना बढ्न थाल्छ । आश्रममा कर्म दिने आमा भए पनि उनलाई जन्म दिने आमाको अभाब खट्की राखेको हुुन्छ, फिल्मले कथा बोलेको छ ।

एक दिन अचानक, आफु सानो छदाँ खोलाको किनारमा छोडेर भागेको सपना देख्छे, व्युँझिन्छे । उनलाई अझ बेशी आमाको आवश्यक्ता महशुश गर्छे । आमाको खोजि गर्छे । यसमा छोरीको धारणाबाट, छोरीले कथालाई प्रस्तुत गरेको छ ।
‘आमा कहाँ खोजुँ ? नेपाली समाजमा देखिने हजारौ निर्दोष र अबोध अनाथ बालबालिकाहरुको कथा हो ।
आमाको अभावमा हुर्किरहेका बालबालिकाहरुको लुकेका पिडाहरु, बनावटी खुशीहरु, आघातित बाल मनोविज्ञान र जिबनमा आमाको महत्वलाई प्रकाश पार्न खोजिएको छ । हजारै शिशु अनाथ हुनुमा एउटी आमा भन्दा हाम्रो समाज दोषी पो हो कि ? अपराधी हो कि ?

राज्यको नीतिले एकल पहिलामा कानुन असहज हुनुको पछाडी केही हद सम्म राज्य पनि दोषी हो कि ? भन्ने प्रश्न फिल्मले पैदा गर्छ । फिल्ममा अशोक थापा मगरको संगीत र शब्द रहेको छ । फिल्मको गीतलाई गिताञ्जली थापा मगरले गाएकी छन् । संगीतमा राजु थापा मगर पनि आवद्ध छन् । दीपक बज्राचार्यले खिचेको फिल्मलाई अशोक थापा मगरले नै निर्देशन गरेका छन् । फिल्मका निर्माता टेक बहादुर थापा र राजु थापा हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु