• ‘आमा’ गीत सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: ११ बैशाख २०७९, आईतवार

    काठमाडौं । गायक मिलन श्रेष्ठले ‘आमा’बोलको गीत सार्वजनिक गरेका छन् । नजिकिँदो मातातिर्थ औसी अर्थात आमाको मुख हेर्न दिनलाई लक्षित गर्दै श्रेष्ठले यो गीत सार्वजनिक गरेका हुन् ।

    हाल अमेरिकामा बस्दै आएका श्रेष्ठले राजनराज शिवाकोटीको शब्द एवं संगीतमा गीतमा स्वर दिएका हुन् । गीतलाई सञ्जिव बराईलीले एरेन्ज गरेका हुन् ।

    युवराज वाइबाको निर्देशनमा तयार भिडियोमा गायक मिलन स्वयंमका साथमा चरित्र अभिनेत्री रश्मी भट्टको अभिनय रहेको छ ।

    निशाल पौडेलको छायाँकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

    ‘मिलन गीता श्रेष्ठ’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

    गायक मिलनले यसअघि ‘मायालाई चिनो’, ‘भावनामा’, ‘तिरिरी तिरिरी’, ‘तिमी बिना’, ‘फर्किन चाहान्छु’ लगायत दर्जन गीत सार्वजनिक गरिसकेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु