• आँचल अभिनित हिन्दी गीत ‘तेरी मेरी दास्ताँ’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: २९ माघ २०७९, आईतवार

    काठमाडौं । अभिनेत्री आँचल शर्माले एउटा हिन्दी यूगल गीतको म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।

    भ्यालेन्टाइन्स डेको पूर्व सन्ध्या पारेर सार्वजनिक गरिएको रोमान्टिक गीत ‘तेरी मेरी दास्ताँ‘ मा अभिनेत्री शर्माले नेपाली मोडल आरआर खड्कासंग अनस्क्रिन रोमान्स गरेकी हुन् ।

    थुप्रै हिन्दी गीतहरुलाई उत्कृष्ट भिडियो बनाएका नितिन चन्दले निर्देशन गरेको १६ औं शताब्दीको सेरोफेरोमा आधारित गीतमा नेपाली कलाकार आरआर खड्का र आँचल शर्माको मुख्य भूमिका रहेको गीतको भिडियोमा पारस शाह, सोनु मिश्र लगायतका कलाकारहरुले उत्कृष्ट अभिनय गरेका छन् ।

    निकै उत्कृष्ट रहेको म्यूजिक भिडियो एउटा सिंगो चलचित्रको प्रतिनिधित्व गरेको छ । ऐतिहासिक पृष्ठभूमिमा आधारित कथाहरू यस गीतको भिडियोमा समावेश गरिएको छ ।

    गायक विनीत सिंह र प्रतिक्षा श्रीवास्तवको स्वर र मेहरको संगीत रहेको गीतको म्यूजिक भिडियोको निर्माता सतिश शाह र आशुतोष उपाध्याय रहेका छन् । रोमान्टिक गीतको यो भिडियोमा दर्शकले प्राचीन सभ्यता, संस्कृति, तत्कालीन भारतका बादसाहको जीवनशैली, प्रेम, षड्यन्त्र युद्ध, त्यागको ‘दास्ताँ’ कुशलतापूर्वक प्रस्तुत गरिएको छ ।

    गीतको कोरियोग्राफर सियोन श्रेष्ठ, डीओपी जोगेश गोराई र नवराज हुन् भने गीतको अधिकांश छायांकन जयपुरको ऐतिहासिक दरबार र केही अंश नेपालमा पनि गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु