सांगीतिक क्षेत्रमा आयो गुणराजको ‘निवेदन’, हेर्नुहोस् भिडियो ।

म्यूजिक खबर
प्रकाशित: २२ असार २०७५, शुक्रबार

असार २२, काठमाडौं । प्रतिभाशाली गायक गुणराज श्रेष्ठ सांगीतिक क्षेत्रमा निवेदन पेश गरेका छन्, त्यो पनि पछिल्लो समयकी चर्चित नायिका आँचल शर्मा पाउनका लागि । प्रसंग हो पछिल्लो समयमा सार्वजनिक भएको आँचल अभिनित नयाँ म्यूजिक भिडियो ‘निवेदन’ को । 

गीतमा गुणराज श्रेष्ठको स्वर रहेको छ भने बि। पाण्डेका शब्दमा सुवास भुषालले संगीत दिएका छन् । उदयराज पौडेल एरेन्जर हुन् ।

यूट्युबमा सार्वजनिक ुनिवेदनु बोलको गीतको भिडियो रमाईलो छ । दुई व्यापारी युवाहरु नायिका आँचललाई देखेपछि उनलाई आफ्नो जीवनमा प्राप्त गर्न निवेदन बोकेर हिँडिरहेका देखिन्छन् । भिडियोमा कसैलाई प्रेम गर्नेको भावनासँग पैसाको खेल खेल्ने मानिस पनि हुन्छन् भन्ने संकेत दिईएको छ । आँचललाई मिलाईदिन्छु भन्दै निवेदन लेखिदिएर पैसा असुलेको रमाईलो दृश्य पनि भिडियोमा देख्न पाईन्छ ।

विकास सुवेदीले निर्देशन गरेको भिडियोमा आँचलको साथमा गुणराज र राजेशको अभिनय छ । भिडियोमा अनुराग ठकुरीको कोरियोग्राफी छ । अनिल के। मानन्धरको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु