गर्भवती श्रीमतीसँग बसेको आर्यन सिग्देलको तस्विर भाइरल बन्दै

म्यूजिक खबर
प्रकाशित: २६ फाल्गुन २०७५, आईतवार

काठमाडौं, २६ फागुन । नायक आर्यन सिग्देल आगामी वैशाखमा बाबु बन्दैछन् । यो कुराको जानकारी धेरै अघि उनले खुलाइसकेका छन् । नेपाली चलचित्र क्षेत्रका चकलेटी नायक आर्यन सिग्देल अब चाडै बाबु बन्दै छन् । सपना भण्डारीसँग बिहे गरेका उनी बाबु बन्न लागेको खुसी तस्विरमा समेत पोखेका छन् ।


आइतबार आर्यनकी पत्नी सपनाले सामाजिक संजालमार्फत केही ‘बेबी बम्प’ तस्बिरहरु पोस्ट गर्दै आफ्नो सन्तान यसै नयाँ वर्षमा जन्मिने बताएकी छिन् ।
तस्विरमा यो जोडी अत्यन्तै सुन्दर र खुसी देखिएको छ ।

आर्यन आफ्नो सन्तानलाई लिएर निकै उत्साहित देखिन्छन्।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु