पुनः चर्चामा आश्मा, ल्याइन् माइकल ज्याक्सनलाई समर्पित ‘कभर डान्स’

म्यूजिक खबर
प्रकाशित: १९ बैशाख २०८३, शनिबार ०१:०७

काठमाडौँ । नेपाली चर्चित डान्सर तथा मोडेल आश्मा विश्वकर्मा पछिल्लो समय एक पछि अर्को भिडियो सार्वजनिक गर्दै चर्चामा छिन् । कार्तिक महिनामा ‘चिक्री चिक्री’ गीतमा गरेको नृत्यका कारण उनी निकै भाइरल भइन् । उक्त गीतको चर्चा सेलाउन नपाउँदै फेरि माइकल ज्याक्सनको चर्चित गीत ‘बिली जिन’ मा अर्को कभर डान्स सार्वजनिक गरेकी छिन् । उनले हालै सामाजिक सञ्जाल प्लेटफर्महरूमा सार्वजनिक गरेको गरेको नृत्यका कारण उनको चर्चा फेरि चुलिएको छ ।

६ दिनअघि सार्वजनिक भिडियोले सोसल मिडियामा राम्रो भ्यूज पाइरहेको छ । भिडियोलाई इन्स्टाग्राममा १२ लाख बढी भ्युज , फेसबुकमा ११ लाख र युट्युब सर्ट्समा ५२ हजार भन्दा बढी पटक हेरिएको छ ।

आफ्नो अफिसियल सामाजिक सञ्जालहरु फेसबुक, इन्स्टामा भिडियो सेयर गर्दै ‘किङ अफ पप र लिजेन्ड्री माइकल ज्याक्सनप्रति समर्पित । लेखेकी छिन् सँगै उनले भिडियोलाई माइकलका भतिजा जाफर ज्याक्सनलाई समेत मेन्सन गरेकी छन् ।

जाफरले अहिले हलमा चलिरहेको माइकल ज्याक्सनको बायोपिक फिल्म ‘माइकल’ मा शीर्ष भूमिका निर्वाह गरेका छन् । दमदार अभिनय र नृत्यको कारण अहिले जाफरको प्रशंसा भैरहेको छ । आगामी अस्कर अवार्ड जित्न सक्ने समेत चर्चा छ ।

भिडियोमा आश्माले ज्याक्सनको आइकोनिक स्टाइल र सिग्नेचर मुभ्सलाई आफ्नै तरिकाले प्रस्तुत गरेकी छन् । उनको बडी मुभमेन्ट, एक्सप्रेसन र प्रस्तुतीकरणले दर्शकलाई आकर्षित गरिरहेको छ ।

यतिबेला माइकल ज्याक्सनको जीवनमा आधारित ‘माइकल’ नामक बायोपिक फिल्मले हलिउड बक्सअफिसमा नयाँ कीर्तिमान बनाइरहेको सन्दर्भमा आश्माको यो प्रस्तुति झनै सान्दर्भिक बनेको छ ।

यसअघि पनि आश्माले एक दक्षिण भारतीय फिल्म ‘पेड्डी’को गीत ‘चिक्री चिक्री’मा आधारित रहेर एक डान्सिङ भिडियो बनाएकी थिइन् । उक्त गीतमा कभर डान्स भिडियो बनाएपछि आश्माले व्यापक चर्चा बटुलेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु