आयुषको स्वर रहेको ‘हजार जुनीसम्म’को शिर्ष गीत (भिडियो)

म्यूजिक खबर
प्रकाशित: २७ श्रावण २०७६, सोमबार

चलचित्र ‘हजार जुनीसम्म’को शिर्ष गीत सार्वजनिक भएको छ । यही साउन ३० गतेदेखि देशभरका सिनेमाघरमा आउन लागेको चलचित्रको गीतमा भारतीय टेलिभिजन जी टीभीको रियालिटी शो ‘सारेगमप लिटल च्याम्प्स’ मा चौथो स्थान हासिल गरेका आयुष केसीको स्वर रहेको छ । उक्त गीतमा पवन चामलिङ ‘किरण’ को शब्द र योगेन्द्र घातानीको सङ्गीत रहेको छ ।

गीतलाई रि(एरेन्ज गरेर चलचित्रमा समावेश गरिएको छ । उक्त गीतलाई उदय स्वयंले तयार पारेका हुन् । गीतको लिरिकल भिडियोमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, अनुभव रेग्मी, सलोन बस्नेत, अखिलेष प्रधान, सञ्चिता लुईंटेललगायत गीतमा फिचरिङ छन् । विकासराज आचार्य निर्देशित यो चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । चलचित्रको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । चलचित्रमा उदय र आयुष दुबैको स्वरमा गीत रहने भएता पनि निर्माण पक्षले यूट्युबमा आयुषको स्वर रहेको गीत मात्र सार्वजनिक गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु