हजुरबुबाको पदचाप पछ्याउँदै आयुष्मान

म्यूजिक खबर
प्रकाशित: १० मंसिर २०७८, शुक्रबार

काठमाडौं । गायक स्वर्गीय जगतमर्दन थापाका नाती आयुष्मान बिष्टले पनि हजुरबुबाले हिंडेको बाटो नै रोजेका छन् । ‘पोखरेली नानी’ बोलको गीत सार्वजनिक गर्दै उनले सांगीतिक क्षेत्रमा पाइला चालेका हुन् ।
गीतमा बसन्त सापकोटाको संगीत, कुशल कुमार खनालको शब्द छ । सन्जीव बराइलीले एरेन्ज गरेको गीतलाई मिक्सिङ तथा मास्टरिङ प्रकाश मिश्रको रहेको छ । अकष्टिक नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिष्ट भने अजय कार्की र रबिन रेग्मी हुन् ।

यो गीतको भिडियोमा कुन्साङ बोम्जन, विना राउत, दिक्षा खनाल र गायक बिष्टले अभिनय गरेका छन् । सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् । यो गीतको भिडियोमा युवायुवतीविच हुने आकर्षण र प्रेमको कथालाई प्रस्तुत गरिएको छ ।

विकास दाहालको सम्पादन रहेको भिडियोमा अनुप चापागाँइको निर्देशन छ ।
पुष्पाञ्जली थापा बिष्ट भिडियोको निर्मात्री हुन् । सांगीतिक क्षेत्रमा उदाउँदै गरेका गायक बिष्टले ‘मेरो कलिलो मन’ बोलको गीतबाट संगीतको यात्रा सुरु गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु