
काठमाडौं । ‘अब गाउँछ अमेरिका’नारासहित अमेरिकाका विभिन्न सहरमा चर्चित नेपाली गायक–गायिकाले दर्शक श्रोतालाई झुमाउने भएका छन् । फ्लाई नेपाको आयोजनामा हुन लागेको कार्यक्रमका लागि कलाकारको टोली अमेरिका जानेछन् ।
फ्लाइ नेपा ट्राभल्स एण्ड टुर्सको नेतृत्वमा सांगीतिक कार्यक्रम ‘अब गाउँछ अमेरिका‘ हुने भएको छ । यहि अगस्ट १७ देखि अमेरिकाको विभिन्न शहरहरुमा यो कार्यक्रम सञ्चालनमा आउँदैछन् । यस कार्यक्रममा बद्रि पंगिनी, कला लम्साल, एलिना चौहान र प्रताप दासले गीत गाउँदैछन् । उनीहरूले एकल र सामूहिक प्रस्तुति दिने भएका छन् ।
‘अब गाउँछ अमेरिका‘को टिमले आफ्नो देशको सांस्कृतिक आदानप्रदान र पर्यटन प्रबर्द्धनको लागि विभिन्न शहरहरुमा सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने छन् ।
एक महिना बढी चल्ने यात्रा मेरिल्यान्ड, पिट्सबर्ग, कोलम्बस, एक्रोन, न्युयोर्क, बोस्टन, न्युहेम्पसायर, कोलराडो, सिकागो, डल्लास, अस्टिन, लगभेगास, लसएन्जल्स, सानफ्रान्सिस्कोलगायत ठाउँमा हुनेछ।