
काठमाडौं । बलिउडका चर्चित एवं सदाबहार पार्श्व गायक अभिजित भट्टाचार्य आफ्नो पहिलो व्यावसायिक एकल सांगीतिक प्रस्तुतिका लागि नेपाल आइपुगेका छन्। ९० को दशकका असंख्य सुपरहिट हिन्दी गीतहरूमा आवाज दिएका गायक अभिजित बिहीबार राति काठमाडौँ ओर्लिएका हुन्।
शनिबार असार ६ गते (जुन २०) ठमेलस्थित नेपालकै ठूलो क्लब, क्लब नोभामा ‘अभिजित भट्टाचार्य लाइभ इन नेपाल’ ऐतिहासिक कन्सर्ट आयोजना हुँदैछ।
नेपाली मञ्चमा पहिलो एकल प्रस्तुतिः
गायक अभिजित यसअघि विभिन्न व्यक्तिगत भ्रमणका क्रममा नेपाल आए तापनि व्यावसायिक रूपमा एकल सांगीतिक कन्सर्ट गर्न लागेको यो पहिलो पटक हो। नेपाल आउन पाउँदा र यहाँका दर्शकमाझ प्रत्यक्ष रूपमा आफ्ना गीतहरू प्रस्तुत गर्न पाउँदा आफू अत्यन्तै उत्साहित रहेको उनले बताएका छन्।
आयोजना र टिकट व्यवस्थापनः
यस भव्य कार्यक्रमको आयोजना नेपाल सांगीतिक संघले गरेको हो भने यसको सम्पूर्ण व्यवस्थापन साधना कला केन्द्रले सम्हालेको छ। शनिबार साँझ ७ः०० बजेदेखि क्लबको ढोका खुल्नेछ भने सांगीतिक प्रस्तुति ठीक ७ः३० बजेबाट सुरु हुने तालिका रहेको छ।
कार्यक्रमको आधिकारिक डिजिटल टिकेटिङ पार्टनर सिटी पे (cityPAY रहेको छ, जहाँबाट दर्शकहरूले कन्सर्टको टिकट सुरक्षित गर्न सक्नेछन्। बलिउड संगीतप्रेमीहरूका लागि यो कन्सर्ट पुराना सुनौला दिनहरूको नोस्टाल्जिया र उत्कृष्ट सांगीतिक अनुभव सँगाल्ने एउटा ठूलो अवसर बन्ने विश्वास गरिएको छ।