गायिका मिलन नेवारको ‘यूके लण्डन’मा अभिषेक र गीता

म्यूजिक खबर
प्रकाशित: ३ बैशाख २०७९, शनिबार

काठमाडौँ । गायिका मिलन नेवार र गायक प्रकाश सिंहको स्वर रहेको ‘यूके लन्डन’मा बोलको गीतको भिडियो सार्वजनिक भएको छ । मकाउमा रहेका गायक सिंहले नयाँ वर्षको अवसर पारेर बजारमा ल्याएको गीतको शब्द सिर्जना राजु आर डीले लेखेका हुन् । गायक स्वयमकै संगीत रहेको गीतको भिडियोमा चर्चित मोडल गीता ढुंगाना र अभिषेक श्रेष्ठको अभिनय रहेको छ ।

पहिलो भेटमा नजर जुधाएर ख्याल ठट्टामा नै प्रेममा परेको कुरालाई पछिल्लो समयका व्यस्त अनि चर्चित निर्देशक विक्रम चौहानले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् । लक्ष्मण चौहानको सम्पादन रहेको भिडियोमा प्रकाश खड्काको छायांकन रहेको छ । गायक सिंहले यसअघि नै आधा दर्जन भिडियो बजारमा ल्याइसकेका छन् ।
जसमध्ये गायकले केही समय अगाडि निता ढुंगनासँग अभिनय गरेको भिडियो मेरो सारङ्गीले चर्चा पाएको थियो । अमेरिकामा रहेका महेश जोशी, मकाउमा रहेका अमर लिङ्देन, अडियो नेपालका बुद्ध सायमी र काठमाडौंका सन्तोष विश्वकर्माको सहयोगमा भिडियो निर्माण भएको गायक सिंहले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु