चलचित्र सम्पादक अभिषेक पौडेलको निधन

म्यूजिक खबर
प्रकाशित: ५ जेष्ठ २०७८, बुधबार

काठमाडौं । नेपाली चलचित्रका सम्पादक अभिषेक पौडेलको निधन भएको छ । कोरोनाको कारण पौडेलको निधन भएको फिल्म निर्देशक मनोज श्रेष्ठले जानकारी दिए ।

दुबै मृगौलाले काम गर्न छोडेपछि केही अगाडि मात्र पौडेलले मृगौला प्रत्यारोपण गराएका थिए । फिल्म सम्पादनको अलवा एमिनेशन, कलर करेक्सनलगायत थुप्रै क्षमताका पौडेलले विधवा, डि कम्पनी, बिस्फोट, रिया, दिलमा सजाएँ तिमीलाई, खै को कसको लगायत दर्जन बढी फिल्म र कयौ म्युजिक भिडियो सम्पादन गरेका छन् ।

रुद्रपुर ८ रुपन्देशीका पौडेल विगत एक दशकदेखि चलचित्रको सम्पादक विधामा क्रियाशील रहेका थिए ।
म्यूजिक खबर परिवार पौडेलप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु