• के गरेका हुन् गायिका र संगीतकार ?

    म्यूजिक खबर
    प्रकाशित: ३ माघ २०७०, शुक्रबार

    काठमाडौं, ३ माघ । हाम्रो नेपाली संगीत क्षेत्रमा होस् या चलचित्र क्षेत्रमा होस् कहिले हिरो हिरोइनको चर्चा त कहिले गायिका र संगीतकार वा गायक गायिकाबीचको चर्चा चल्ने गरेकै हुन्छ । गीतसंगीतमा गायक गायिकाभन्दा पनि बढी संगीतकार र गायिकाको चर्चा सुन्न पाइन्छ । चाहे उनीहरुको राम्रो होस् या नराम्रो पक्ष तर चर्चा त चलिहाल्छ ।
    यसैक्रममा अहिले चर्चा गर्न लागिएको विषय भने संगीतकार अविद र गायिका अन्जु पन्तको आँखा जुधाई । अब यसो तस्वीर हेरेपछि सबैलाई पुगिहाल्छ यो के गरेको होला ? संगीतकारले गीतकार समीर आचार्यको गीत रेकर्डको क्रममा संगम स्टुडियोमा गीत सिकाएका रे गायिका अन्जु पन्तलाई । अब तस्वीर हेर्दा त गीत सिकाएजस्तो देखिँदैन क्यारे । पछिल्लो समयमा चर्चा बटुल्दै गरेका संगीतकार अविद र चर्चाबाट पछाडि हट्दै गरेकी अन्जु पन्तको हाउ भाउ देख्दा आँखा जुधाएको हो की गीत सिकाएको बुझ्नै गाह्रो छ बा ? धन्न गीतकार समीर आचार्य कतापट्टि हेर्ने भन्ने द्विविधामा रहिरहेछन् ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु