अबिनाश र मेलिना मौलिक दोहोरी ‘ओइ काली’

म्यूजिक खबर
प्रकाशित: १३ मंसिर २०७७, शनिबार

काठमाडौं । गायक अबिनाश थापा मगर र गायिका मेलिना राईको स्वरमा सजिएको लोकदोहोरी गीत ‘ओइ काली’ सार्वजनिक भएको छ । शब्द सिर्जना र भाका सिर्जनामा आफूलाई अब्बल बनाइसकेका गायक अबिनाश थापामगरको मौलिक लोकदोहोरी गीत ‘ओइ काली’ मा पनि गायक थापाकै शब्द संगीत रहेको छ । मिठो स्वरका धनी गायक थापाका दर्जनौं गीतहरु बजारमा आइसकेका छन् ।

‘ओइ काली’ गीतको म्यूजिक भिडियोलाई निर्देशक प्रकाश भट्टको कोरियोग्राफी र निर्देशन रहेको छ । सुरेश श्रेष्ठको छायाँकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका छन् । भिडियोमा चर्चित मोडल करिश्मा ढकाल र सन्तोष थापा मगरको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु