• पोखरामा गुन्जियो सय वर्षको आधुनिक संगीत

    म्यूजिक खबर
    प्रकाशित: ९ पुष २०७९, शनिबार
    academy of nepal music and drama (3)

    पोखरा । पोखराको बराहिघाटमा ‘नेपालीआधुनिक संगीतमा १००बर्ष’ साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ । नेपाली आधुनिक संगीतको ईतिहासबारे जानकारीमुलक उक्त कार्यक्रम १ घण्टा ३० मिनेट रहेको थियो । नेपाली आधुनिक संगीतमा सय वर्ष कार्यक्रम नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना भएको हो । प्रतिष्ठानका संगीत बिभाग प्रमुख तथा कार्यक्रमका संयोजक प्राज्ञ अशोककुमार राईको अधयक्षतामा भएको उक्त कार्यक्रममा प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठ रायनको प्रमुख आतिथ्यता रहेको थियो भने गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का ‘बेखर्ची’को विशेष आतिथ्यता रहेको थियो ।

    स्थानीय व्यावस्थापक गण्डकी प्रज्ञा प्रतिष्ठानकका सदस्य सचिव मनकुमार श्रेष्ठले सन्चालन गर्नु भएको सो ऐतिहासिक कार्यक्रममा नेपा संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव श्याम तमोट, प्राज्ञ हरिदेवी कोइराला, प्राज्ञ प्रजापति पराजुली, प्राज्ञ कृष्णप्रसाद पौडेल, प्राज्ञ डिलकुमारी पौडेल, प्राज्ञ जयकुमार परियार, प्राज्ञ गज बहादुर गुरुङ, प्राज्ञ सरला पण्डे, सचिव हेमराज सुवेदी शिक्षा संस्कृति सामाजिक विकाश, डा.सोम सापकोटा प्रमुख जिपान्ट, अशोक पालिखे अध्यक्ष नेवा खल, साथै गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पप्द्मराज ढकाल सहित्यकार छवि सुवेदी र कार्यक्रमका आलेख लेखक बुलु मुकारुङ र विभिन्न संघ तथा वाङ्मय सस्थाहरुका अध्यक्ष ज्युहरुको उपस्थिति रहेको थियो । करिब ५०० का हाराहारीमा उपस्थित दर्शनहरुकामाझ प्रदर्शित ‘साङ्गितिक मनोरञ्जनका साथै ऐतिहासिक, जानकारीमुलक सांगीतिक दस्ताबेज योग्य कार्यक्रम भएको उपस्थित अतिथिहरुको भनाई थियो ।

    २९वटा प्रस्तुति रहेको उक्त कार्यक्रममा तरेली साँस्कृतिक परिवारका नृत्य कलाकारले नेपाली चलचित्रको साङ्गितीक ईतिहासलाई सम्बोधन गर्दै चलचित्र माईतिघरबाट ‘वसन्त नै बस्न खोज्छ’ र चलचित्र प्रेमपिण्डबाट ‘गैरीखेतको शिरै हान्यो’ बोलको गीतमा नृत्य प्रस्तुति गरेका थिए । नृत्यको संयोजन गण्डकी प्रज्ञा प्रतिष्ठानले गरेको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नारायण भक्त श्रेष्ठले स्थानीय व्यावस्थापनका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानलाई तथा सहभागि सम्पूर्ण कलाकारहरुलाई हार्दिक धन्यवाद दिएका थिए । कुलपति रायनले कार्यक्रम सातै प्रदेश प्रदर्शन गरिने पनि जानकारी गराए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसँग यसरी ऐतिहासिक कार्यक्रममा हातेमालो गर्न पाएकोमा गौरवान्वित महसुस भएको र आगामी दिनमा पनि दुई संस्थाबीच सहकार्य हुने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले बताए ।

    नयाँ पुस्तालाई नेपाली संगीतको ऐतिहासिक पृष्ठभूमि यस कालखण्डमा कस्ता कस्ता गीत सिर्जना भए को–को गायक संगीतकार जन्मिए भन्ने उदेश्यका साथ ‘नेपाली आधुनिक संगीतमा १०० बर्ष’ कार्यक्रम प्रदर्शन गरिएको कार्यक्रमका अध्यक्ष तथा संयोजक अशोककुमार राई बताउँदै आफ्नो कार्यकाल सकिनै लाग्दा अब उक्त कार्यक्रम अन्यसंग संस्थासँग सहकार्य गरी सातै प्रदेशमा लैजाने जानकारी गराए ।
    सो कार्यक्रममा ऐतिहासिक सिर्जनाहरुलाई कुन्ती मोक्तान, भिषण मुकारुङ, निशा देशार, दुर्गा परियार, सन्जय तुम्रोक, साजन राई, रुपक चौधरीले प्रस्तुति दिएका थिए ।
    शिला बहादुर मोक्तान, मनोहर सुनाम, भरत नेपाली, भरत बुडाथकी, गोपाल देव घतानी, धन बहादुर गुरुङ, नरेश प्रजापति, पोषण घर्तीले बाद्यवादनमा साथ दिएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु